घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
भक्तपुर - भक्तपुर नगरपालिकाले विश्व सम्पदामा सूचीकृत भक्तपुर नगरपालिका-५, ताैमढीको प्रसिद्ध ङातापोल अर्थात पाँचतले मन्दिरको जीर्णोद्धार बुधबारबाट विधिवत रुपमा सुरु गरेको छ ।
मन्दिरलाई भूकम्पले क्षति पुर्याएको चार वर्षपछि नगरपालिकाले न्यातापोल मन्दिर संरक्षण कार्य योजना उपभोक्ता समिति गठन गरी मन्दिरको जीर्णोद्धार सुरु गरेको हो ।
भूकम्पले मन्दिरको माथिल्लो तलामा क्षति पुर्याएपछि भक्तपुर नगरपालिकाको पाँचौँ नगरसभाले निर्णय गरेर ६५ लाख १३ हजार ३५८ रुपैयाँको लगत इस्टिमेट तयार गरी जीर्णोद्धार सुरु गरिएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।
१९९० सालको भूकम्पमा पनि मन्दिरको माथिल्लो तलामै क्षति पुगेको थियो । यसअघि राजा महेन्द्र शाहले २०१९ मा र नगरपालिकाले २०५६ मा उक्त मन्दिरको जीर्णोद्धार गरेको नगरपालिका सम्पदा शाखाले जनाएको छ ।
अघिल्लो वर्ष पाँचतले मन्दिर अगाडिको तौमढी क्षेत्रकै भैरवनाथ मन्दिरको जीर्णोद्धार गरेको र यस वर्ष ङातापोल मन्दिरको संरक्षण सुरु गरेको हो ।
मन्दिर संरक्षण तथा जीर्णोद्धार उपभोक्ता समितिले आउँदो असार मसान्तभित्र जीर्णोद्धार सम्पन्न गर्ने लक्ष्य लिएको समितिका अध्यष केशव तमखुले जानकारी दिनुभयो । भूकम्पको धक्काले झिँगटी छुट्टिएपछि पानी चुहिने समस्या छ ।
नेपाल संवत् ८२२ मा भूपतीन्द्र मल्लले निर्माण गर्नुभएको १०८ फिट अर्थात् ३३ दशमलव २३ मिटर अग्लो मन्दिर वास्तुतन्त्र विधिअनुरुप बनेको छ । मन्दिरको टुप्पोको गजुर पूर्णताको प्रतीकसमेत मानिन्छ भने मन्दिर निर्माण सकेर नेपाल संवत् ८२२ आषाढ १ मा टुप्पोमा गजुर राखेको प्रमाण फेला परेको नगरपालिकाको अभिलेखमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Baburaja Maharjan
Dec. 11, 2019, 8:22 p.m.लेख त राम्रो लेख्नुभयो, तर मन्दिरको नामको पहिलो अक्षर नै ठीकसंग लेख्नुभएन, स्थानीयवासिन्दालाई सोध्नुभए राम्रो हुन्थ्यो / न्यातपोल