घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
चितवन – मुग्लिन सडक खण्डमा आजदेखि दैनिक ४ घण्टा गाडी चलाउन नपाइने भएको छ ।
सडकमा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले आजदेखि दुई हप्तासम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गाडी चलाउन रोक लगाइएको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो ।
विश्व बैँकको १२ करोड रुपैयाँको लगानीमा यो सडक खण्डको गाईघाट, अठार किलो, घुमाउने, भालुढुङ्गा, जलबिरे, चार किलो, टोपे खोला र काली खोलामा पहिरो रोकथामका लागि काम गरिने उहाँले बताउनु भयोे ।
कामको अवधिभर नारायणगढबाट मुग्लिनतर्फ छुटेका गाडी पन्ध्र किलो र दासढुङ्गा तथा नारायणगढतर्फ छुटेका गाडी मुग्लिनमा रोकिने खनालले जानकारी दिनुभयो ।
यो सडक खण्डमा यसअघि नै पहिरो रोकथामको काम गर्ने भनिए पनि भरतपुर विमानस्थल मर्मतको काम भइरहेकाले आजबाट मात्रै थाल्न लागिएको आयोजनाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।