नेपालका ११ वटा सांस्कृतिक स्थलकाे स्तराेन्नति गर्न भारतले सघाउने

 मंसिर २७, २०७६ शुक्रबार ९:५३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा विसं २०७२ सालमा आएको भूकम्पबाट क्षतिग्रस्त नेपालका ११ वटा सांस्कृतिक स्थलको स्तरोन्नति गर्न भारतले सहयोग गर्ने भएको छ ।

यसका लागि नेपालमा रहेको भारतीय दूतावास तथा भारतीय कला तथा सांस्कृतिक राष्ट्रिय ट्रस्ट (इन्ट्याच) बीच सम्झौता भएको छ । भारतले नेपालको काठमाण्डौ, ललितपुर, भक्तपुर र सोलुखुम्बुको सांस्कृतिक सम्पदाको स्तरोन्नति गर्न सघाउनेछ । 

भारत सरकारको तर्फबाट मिसन दूतावासका उपप्रमुख अजय कुमार र इन्ट्याच सदस्य सीटी मिश्राले सम्झौतामा हस्ताक्षर गरेका छन् । साथै हस्ताक्षर कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सदस्यहरुको सहभागिता रहेको थियो । 

इन्ट्याच ले नेपालको सांस्कृतिक सम्पदाको स्तरोन्नति गर्न डिजाइन बनाउने र प्रोजेक्टको लागि सल्लाहकारको रुपमा काम गर्नेछ । 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया