इजरायली सेनाबाट गाजा पट्टीमा ठूलो आक्रमण : ३४ जनाको ज्यान गयो
चैत ५, २०८१ मंगलबार
भक्तपुर, जेठ ९ – ‘नरुनुस् न आमा, नरुनुस न दादा ।’ स्कुल पोशाकमै रहेकी बालिकाले भक्तपुर अस्पतालको चौरमा रुँदै गरेका आफन्तको आँसु पुछिदिँदै गरेको देख्दा अस्पताल परिषरमा झुम्मिएकाहरुको आँखा रसाएका थिए ।
लोकन्थलीकै ओम ज्ञान मन्दिरमा कक्षा १० मा पढ्ने १५ वर्षकी अनुजा घिमिरेलाई बिहान खाना खुवाएर पठाएकी आमा र होस्टेलमा बसेर पढ्दै गरेको भाइको मृत्युले आहत भएकी उनी स्कुलबाटै अस्पताल आएर रुदै अरुलाई नरुन आग्रह गरेको देख्दा त्यहाँ नरुने कोही थिएन ।
काभ्रेको साँगाबाट बुधबार करिब १२ः३० बजे तिब्र गतिमा आएको बा ३ ख ६६७४ नम्बरको टिपरले अरनिको राजमार्गखण्ड अन्तर्गत सूर्यविनायक नगरपालिका ९ पलासेमा बा ५६ प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको घट्नास्थलमै विभत्स तरिकाले ज्यान गएको थियो ।
घटनामा मध्यपुरथिमि नगरपालिका–१, लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, दोलखा मेलुङ्ग गाउँपालिका ६ घर भई गएको १६ वर्षदेखि लोकन्थलीमा पसल सञ्चालन गरेर बस्दै आएकी ३६ वर्षीया सविता घिमिरे र उहाँको १३ वर्षीय छोरा अरबिन घिमिरेको ज्यान गएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
शवलाई भक्तपुर अस्पतालमा पठाएको, ठक्कर दिने टिपरलाई प्रहरी बृत्त जगाते राखिएको र फरार रहेका चालकको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।
साँगामा रहेको नेपाल प्रहरी आवासीय माध्यामिक विद्यालयमा कक्षा–८, मा पढ्ने छोरा बिरामी भएको खबर आएपछि छिमेकी हरिबाहदुरलाई लिएर स्कुल पुगेर छोरालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा टिपरले ठक्कर दिएर आमाछोरासहित हरिबहादुरको पनि ज्यान गयो ।
लोकन्थलीमै घर बनाउने सपना बोकेर दुई महिनाअघि मलेशिया गएका श्रीमान् केशब घिमिरेले एकैसाथ श्रीमती र छोरा गुमाए । बुधबार साँझ ५ बजे अमेरिका जान लागेका सविताको भाई कुमार काफ्लेको यात्रा पनि यही शोकले रोकिएको छ ।
हरिबहादुरको अवस्था पनि उस्तै छ । जेठी छोरी, एक छोरा र श्रीमती अष्ट्रेलियामै बस्छन्, कान्छी छोरी अमेरिकामा बस्छन् । नयाँ घर बनाउन अष्ट्रेलियाबाट फर्केका हरिबहादुको यही घटनामा जयान गएपछि उहाँको आमा र बुबाले अस्पतालमा आफ्नो आँसुलाई रोक्नै सकेनन् ।
‘खाना खाएर म छिट्टै फर्कन्छु है आमा' भनेर हिँडेको छोराको यो हालत भयो’ भन्दै आमा जानकी कटुवाल रुदा अस्पतालमा पुगेका कसैको आँसु थामिएन ।
अस्पतालमा भेला भएकाहरुले टिपर लगायत मालबाहक सवारी साधनलाई राति ९ बजेपछि बिहान ४ बजेसम्म मात्रै सञ्चालन गर्ने व्यवस्था गर्न सरकारसँग माग गरे । ज्यानै जाने गरी दुर्घटना गराउने चालकलाई ज्यान मुद्धा नै लगाउनु पर्ने उनीहरुले माग राखेका छन् ।
प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने घटनाको प्रारम्भिक अनुसन्धानबाट टिपर चालकको चरम लापर्वाही देखिएकाले चालकलाई पक्राउ गरी ज्यान मुद्धा लगाएर कारवाही अगाडि बढाउने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।