घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
भुटानका जेलमा रहेका राजनीतिक बन्दीहरुको मुक्तिका लागि विश्वव्यापी अभियान सुरु भएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर विभिन्न ६ देशमा पुनस्थापन गरिएका भुटानीहरुले यस्तो अभियान सुरु गरेका हुन् ।
उनीहरुले आफूहरु पुन:स्थापित देशको सरकार, मानवअधिकार संस्थाहरु, भुटानका राजा र राष्ट्रसंघ जस्ता निकायहरुलाई पत्र लेखेर भुटानका जेलमा रहेका राजबन्दीलाई चाँडो भन्दा चाँडो मुक्त गराउन अपिल गरेका छन् ।
नेदरल्याण्ड्सस्थित भुटानी समुदाय बीसीएनका अध्यक्ष राम कार्की, सदस्यद्वय खडानन्द घिमिरे र देवीचरण बस्नेत तथा बीसीएन समर्थक एरियट प्रिन्स र रिता थापासहितको प्रतिनिधिमण्डलले नेदरल्याण्ड्सकाे हेगमा डच हाउसको विदेश मामिला समितिका अध्यक्ष पिया डिजकष्ट्रा र उहाँका सहयोगी समक्ष निवेदन पेश गरेका छन् ।
त्यस क्रममा कार्कीले सन् १९९० को शान्तिपूर्ण भुटानी आन्दोलनको पृष्ठभूमि, भुटानी शरणार्थीको संकटको उत्पत्ति, पूर्वी नेपालमा शरणार्थीको अहिलेको संकट र भुटानी राजबन्दीको अवस्था बारे जानकारी दिनुभएको थियो ।
भुटानका राजबन्दीहरुको मुक्तिको लागि भुटानका राजालाई अनलाइनबाट संकलन गरिएको ३ सय ५७ वटा हस्ताक्षरसहितको अपील पठाइएको कार्कीले जानकारी दिनुभयो । पत्रमा लेखिएको छ, ‘कारागारमा भएका हाम्रा भाइबहिनीहरुलाई महामहिमले क्षमादान दिनुपर्यो ।’
अमेरिकाका भुटानी शरणार्थी कार्यकर्ता सुरज बुढाथोकीले पनि अमेरिकामा कार्यरत विभिन्न अन्तर्राष्ट्रिय संस्था र अमेरिकी सरकारी निकायमा यस्तै निवेदन पेश गर्नुभएको छ । यस्तै राजनीतिक कैदी परिवारका सदस्य प्रकाश गौतमले आफू बस्ने देश क्यानडाका वैदेशिक मामिला मन्त्रालयमा, दुर्गा गिरीको पहलमा भुटानी कल्याण संघका अध्यक्ष प्रेम गिरीले ब्रिटिस वैदेशिक मामिला सचिव र एम्नेस्टी अन्तर्राष्ट्रिय मुख्यालय लण्डनमा निवेदन पेश गरेका छन् ।
यस्तै डेनमार्कमा त्यहाँको भुटानी संगठन (एबीसीडी)का अध्यक्ष पूर्ण दाहालले डेनमार्कको वैदेशिक मामिला मन्त्रालयमा निवेदन पेश गरेका छन् । अष्ट्रेलियामा प्रल्हाद दाहाल र देवेन्द्र गौतमको पहलमा त्यहाँको संघीय सांसद र वैदेशिक मामिला मन्त्रीसमक्ष निवेदश पेश गरिएको छ ।
संसारभरबाट संकलन गरिएको हस्ताक्षर अभियानले विश्वभरि छरिएर रहेका भुटानी शरणार्थीहरुको प्रतिनिधित्व गरेको छ । आउँदो वर्षको सुरुमा संयुक्त राष्ट्र मानव अधिकार आयोग जेनेभामा अपिलसहित हस्ताक्षर पेश गरेपछि यो अभियान सकिने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।