काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
झापा - बुहारी समूह (म्यारिड ओमन सर्कल) नामक फेसबुक समूहले चार दिनको एक शिशुलाई उपचारका लागि ४९ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छ ।
नशामा पलाएको ट्युमरका कारण मर्नु न बाँच्नुको अवस्थामा पुगेका शिशुको सफल शल्यक्रिया भए पनि अस्पतालको शुल्क बुझाउन नसकी छट्पटाइरहेका बाबुआमालाई फेसबुकको समूहले सहयोग गरेको हो । रवीना र मनकुमार राजवंशीका छोरा जन्मेको चार दिनमै नशामा ट्युमर देखा परेपछि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा शल्यक्रिया गरिएको थियो ।
शल्यक्रिया भए पनि अस्पतालमा बुझाउनुपर्ने रकम बुझाउन नसकेर राजवंशी दम्पत्ती समस्यामा परेकोसमूहले थाहा पाएपछि शिशुका बाबु मनकुमारलाई रकम सहयोग गरिएको समूहकी राधा आचार्यले जानकारी दिनुभयो ।
विसं २०७४ जेठ ११ गते गठित सो समूहले महिलालाई आत्मनिर्भर बनाउँदै विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको अर्की सदस्य रवीना शर्माले जानकारी दिनुभयो । समूहले खुशीव चाइल्ड केयर सेन्टरका बालबालिकालाई खाद्यान्न, काठमाडौँकी मिर्गौलापीडित लक्ष्मी रानालाई रू १० हजार, रक्त अर्बुदरोगपीडित सवनम खातुनलाई रू ४० हजार, विभिन्न क्षेत्रका बाढीपीडितलाई नगद तथा जिन्सी सहयोग गर्दै आएको समूहकी उर्मिला गौतमले सुनाउनुभयो । समूहमा स्वदेश तथा विदेशका करीव छ हजार बुहारी आबद्ध छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।