एनसेल मेला २०७६ साेमबार बिर्तामोडमा

 मंसिर २९, २०७६ आइतबार १९:२९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एनसेल प्रालिले साेमबार बिर्तामोडको सुगम पेट्रोल पम्प मैदानमा ‘एनसेल मेला २०७६’ आयोजना गर्ने भएको छ ।

यो मेला एनसेलले ‘आज, भोलि, सधै सँगै’ भन्ने ब्राण्डकाे सार अनुरुप नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्‍याउँदै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ आयोजना गर्न लागेकाे कम्पनीले जनाएकाे छ ।

चर्चित कलाकार तथा सांगीतिक समूहहरुको प्रस्तुति, किड्स जोन, गेम स्टलहरु, फुड स्टलहरु विभिन्न फिजीकल एक्टिभिटी बुथहरु, स्थानीय पर्यटन गन्तव्यहरुको प्रवर्द्धन र एनसेलका विभिन्न सेवा तथा सुविधाहरुमा आर्कषक अफर र उपहारहरु यस मेलामा समावेश गरिने बताइएकाे छ ।

मेला ११ बजेदेखि कन्सर्टसहित साझ ६ बजेसम्म आयोजना हुनेछ ।

मेलामा आउने सबै उमेर समूहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर विभिन्न कार्यक्रमहरु समावेश गरिएकाे मेलामा प्रवेश निःशुल्क हुनेछ ।

मेलमा थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जनलिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् । 

मेलामा गायकहरु दिपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालिप्रसाद बास्कोटा, मेलिना  राई, टीका प्रसाईँ तथा कलाकार प्रियंका कार्कीले आफ्ना प्रस्तुतिहरु राख्नेछन् ।

किड्स जोनमा पेन्टिङ्ग, प्लेडो, लेगो, प्रि गो होभर बोर्ड, मिनीगो कार्ट, पोगो स्टिक, इन्फ्लेटेड क्यासल, डक फिसिङ्ग र एङ्ग्री बर्ड लगायतका विभिन्न रमाइला खेल तथा गतिविधिहरु हुनेछन् ।

त्यस्तै युवाहरुका लागि पनि पेनाल्टी किक, ब्यालेन्स द ह्याङ्गर, नि ट्रेम्बलर, स्नुकर प्रो र अन्यथुप्रै कार्यक्रमहरु रहने कम्पनीले जनाएकाे छ । 
 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया