घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
सिन्धुपाल्चोक - सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाउने १५ जनामध्ये ८ जना सिन्धुपाल्चोककै रहेकाे खुलेकाे छ । ८ जनामध्ये सात जना सिन्धुपाल्चोककाे एउटै जुगल गाउँपालिकाका रहेका छन् ।
दुर्घटनामा ज्यान गुमाएकामा जुगल गाउँपालिका ७ का ५ जना छन् । जुगल ७ का रेश्मा तामाङ, १५ महिने बालिका रोशनी तामाङ, सुकबहादुर तामाङ, सबिना तामाङ तथा मञ्जु तामाङको ज्यान गएको हो ।
सिन्धुपाल्चोककै बलेफी गाउँपालिका ७ की फुलमाया तामाङ, लिसंखुपाखर गाउँपालिका ४ की गंगामाया लामा र मेलम्चीकी सुनिता तामाङको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा दोलखाका २ जनाले ज्यान गुमाएका छन् । दोलखाको भिमेश्वर नगरपालिका ९ की लक्ष्मी श्रेष्ठ, शैलुङ गाउँपालिका ६ का रंजित बस्नेतको ज्यान गएको हो ।
रामेछापको सुनापति गाउँपालिका ६ कि जुनुमाया तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका ४ का महेश तामाङ, काभ्रे बेथान गाउँपालिका ५ का रामशरण खत्री र मैया केसीको पनि दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिनुुभयो ।
घाइते १९ जनामध्ये हेम्समा १४, धुलिखेलमा २, बीएण्डबी, केएमसी र सिन्धु सदाबहार अस्पतालमा एक-एक जनाको उपचार भैरहेको छ ।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र बस चालक भने फरार रहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
प्रहरीका अनुसार यो सडकखण्डमा चालकको अनुभव कम हुँदा दुर्घटना भएको हो । दोलखाको कालिन्चोकबाट भक्तपुरको लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस बिहान घुम्ती नै घुम्ती रहेको लामोसाँघु जिरी सडकखण्डको ६ किलोबाट पल्टिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।