चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको आजै अन्त्येष्टि गरिने

 मंसिर ३०, २०७६ सोमबार ५:४६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको आइतबार राति हृदयघातका कारण निधन भएको छ । ५२ वर्षीय भट्टराईको आइतबार राति सवा १० बजे निधन भएको हो ।

वैवाहिक कार्यक्रमबाट निवास फर्कंदै गर्दा बाटोमा बेहोस हुनुभएका उहाँलाई उपचारार्थ ओम अस्पताल लगिएकामा राति निधन भएको हो । अस्पताल ल्याउनुअघि नै उहाँको निधन भैसकेको ओम अस्पताल स्रोतले जनाएको छ ।

उहाँ एक वर्षअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको थियो । उहाँ ३० वर्षभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । उहाँले आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरवावु, छोडी गए पाप लाग्ला, सो सिम्पल’ लगायतका चलचित्र निर्माण गर्नुभएको थियो । उहाँले धेरैै चलचित्रमा अभिनय समेत गर्नुभएको थियो ।

उहाँ चलचित्रका निर्देशकका साथै जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्वअध्यक्षसमेत हुनुहुुन्थ्यो । उहाँका श्रीमती र एक छोरा रहेका छन् । उहाँको आजै अन्त्येष्टि गरिनेछ ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया