सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाएका १५ जनाकै सनाखत

 मंसिर ३०, २०७६ सोमबार ७:३०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा भएको बस दुर्घटना ज्यान गुमाएका १५ जनाकै सनाखत भएको छ । 

दुर्घटनामा ज्यान गुमाएका मध्ये दोलखाको शैलुङेश्वरी गाउँपालिका फस्कुका चिनु बस्नेत, रामेछापका सुनपानी गाउँपालिका ६ की जुनुमाया तामाङ, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० की सुनिता तामाङकाे परिचय खुलेसँगै १५ जनाकै सनाखत भएको सिन्धुपाल्चोकका प्रहरी उपीिक्षक प्रज्वल महर्जन (एसपी) ले जानकारी दिनुभयो । 

दुर्घटनामा ज्यान गुमाउने अन्य १२ जना 

सिन्धुपाल्चोककाे जुगल गाउँपालिका ७ याङलाकोटका २८ वर्षका सुकबहादुर तामाङ, ७ वर्षकी सविना तामाङ, १५ वर्षकी रोशनी तामाङ, २८ वर्षकी मञ्जु तामाङ, ३० वर्षकी रेशमा तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ४ कि ५५ वर्षकी गंगामाया लामा, बलेफी गाउँपालिका ७ कि ३५ वर्षकी फूलमाया तामाङ छन् ।

त्यस्तै  दोलखाको सैलुङ गाउँपालिका ६ का १० वर्षका रजित बस्नेत,  भीमेश्वर नगरपालिका ९ की ४२ वर्षकी लक्ष्मी श्रेष्ठ, रामेछापको उमाकुण्ड गाउँपालिका ४ का २४ वर्षका महेश तामाङ, काभ्रेको बेथान गाउँपालिका ५ का ३६ वर्षका रामशरण खत्री, ३५ वर्षकी मैयाँ केसी

दुर्घटनामा ज्यान गुमाएका मध्ये १२ जनाको हिजो नै सनाखत भएको थियो । दोलखाको कालिञ्चोक तीर्थ यात्रामा गएर फर्केको गाडी आइतबार दुर्घटना हुँदा १५ जनाको ज्यान जानुका साथै १९ जना घाइते भएका थिए । 

घाइतेको काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सडक दुर्घटना कम गर्न प्रयास नहुँदा र दुर्घटनालाई खेलाँची ठानिँदा दुर्घटना बढिरहेका छन् । 

गएको साउनदेखि अहिलेसम्म गाडी दुर्घटनामा १ हजार २९ जनाको ज्यान गएको छ । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया