कक्षा ११ को पूरक परीक्षाको नतिजा सार्वजनिक

 पुष १, २०७६ मंगलबार ७:१९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा प्रकाशन गरेको छ । 

बोर्डले २०७६ साल कात्तिक ३० र मंसिर १ गते भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा देशभरबाट १ लाख ४ हजार ३ सय ४६ जना सम्मिलित भएका थिए । जसमध्ये ४ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ । 

परीक्षाफल हेर्नका लागि नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा प्राप्त गर्न सकिन्छ । यस्तै neb टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस गर्न सकिन्छ ।

यस्तै वेबसाइटमा www.neb.gov.np,www.neb.ntc.net.np,www.edusanjal.com, www.theconnectplus.com मार्फत् पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया