उच्च अदालत जनकपुरधामका न्यायाधीशकाे सुरक्षा गार्डको ‘लाेडेड’ पेस्ताेल लुटियाे

 पुस १, २०७६ मंगलबार १६:१:१७ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - प्रदेश २ काे उच्च अदालत जनकपुरधामकी न्यायाधीश शकुन्तला घिमिरेको सुरक्षागार्डको गोली लोड गरेको पेस्तोल लुटिएको छ ।

सुरक्षागार्ड महिला प्रहरी (जवान) रनिता कुमारी केवटका अनुसार उनका प्रेमीले गोली लोड गरिएको पेस्तोल लिएर फरार भएका हुन् । 

जनकपुरधाम-४ को भैरव चोकमा डेरा गरी बस्दै आएकी प्रहरी जवान केवटलाई भेट्न आएका प्रेमीले गोली लोड गरिएको पेस्तोल लिएर फरार भएकाे भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जानकारी गराएकी छिन् ।

तर जिप्रका धनुषाका निमित प्रमुख प्रहरी नायब उपरीक्षकसँग जानकारी लिंँदा ‘हतियार लुटिएको भन्ने सुनेको र अनुसन्धान भइरहेको’ बताउनु भएको छ । तर प्रहरी श्रोतले लुटिएको दाबी गर्दै ती प्रहरी जवानलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

हतियार हराएको सूचनाकै आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी जवान केवटमाथि अनुसन्धान थालेको छ । हाल प्रहरी जवान केवट धनुषा प्रहरीको नियन्त्रणमा रहेकी छिन् ।

जिप्रका धनुषाको जिन्सी तथा बन्दोबस्ती शाखाका कर्मचारीले लिएको बयानका क्रममा केवटले आफ्ना प्रेमीले पेस्तोल लगेर गएको हुनसक्ने बताएकी छन् । बयानका क्रममा केवटले आफ्ना प्रेमीको केही व्यक्तिसँग विवाद भएको र उनीहरुलाई नै डराउनका लागि हतियार लगेको हुनसक्ने बयान दिएको बताइएको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया