घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ - कीर्तिपुर र चन्द्रागिरी नगरपालिकाका बासिन्दाले इँटाभट्टा हटाउन माग गर्दैै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । इँटाभट्टाका कारण आफूहरुको स्वास्थ्यमा गम्भीर असर पारेकोले भन्दै उनीहरुले चन्द्रागिरीमा सञ्चालित सबै इँटाभट्टा हटाउनुपर्ने माग गर्दै सोमबार मास्क लगाएर विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले २०७२ सालदेखि हटाउन माग गर्दै आए पनि अहिलेसम्म नहटाइएकोले फेरि आन्दोलन गर्नुपरेको बताएका हुन् । इँटाभट्टा पीडित मूल संघर्ष समितिका अध्यक्ष मुकुन्द प्रसाद घिमिरेले २०७२ सालमा सर्वदलीय बैठकद्वारा चन्द्रागिरी नगरपालिकाभित्रका सम्पूर्ण इँटा उद्योगहरु बन्द गराउने निर्णय भएको र नगरपालिकाले हटाउन पत्राचार गरे पनि अहिलेसम्म नहटेकाले आन्दोलन गर्नुपरेको बताउनुभयो ।
चन्दागिरी नगरपालिकाभित्र १४ वटा इँटा उद्योग सञ्चालनमा छन् । चन्द्रागिरीमा रहेका यी इँटाभट्टाका कारण कीर्तिपुरका बासिन्दालाई समेत असर परेको छ ।
सर्वोच्च अदालतले बालबालिका पढ्ने स्कुल, घनाबस्ती र विदेशी पर्यटकका लागि बनाइएका रिसोर्टवरपरको इँटा उद्योगहरू बन्द गराउन ०६२ मंसिर २४ मा आदेश जारी गरेको थियो । ‘तर, अदालतको आदेशविपरीत घनाबस्ती, शैक्षिक संस्था वरिपरि इँटाभट्टा चलिरहेका छन् ।
चन्द्रागिरी नगरपालिकाले ०७२ भदौ १५ मा इँटाभट्टा बन्द गर्ने निर्णय गरेको थियो । एक वर्षअघि इँटाभट्टा इजाजत नवीकरण नगर्ने र साउन १ देखि सञ्चालनमा रोक लगाउने गरे पनि यो कार्यान्वयन हुन सकेको छैन । यो निर्णय कार्यान्वयन गर्नुपर्ने माग राखेर स्थानीयबासिन्दाले अघिल्लो वर्ष नगरपालिका र काठमाण्डौका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।
नगरपालिका आफैंले गरेको निर्णयसमेत कार्यान्वयन नगरेको भन्दै चन्द्रागिरी र कीर्तिपुरका बासिन्दाले चरणबद्ध आन्दोलन गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।