दार्चुलामा चार वर्षपछि चीनतर्फको तिङ्कर नाका जानका लागि पासको...
बैशाख १४, २०८१ शुक्रबार
माेरङ - कुनै बेहुलाको भोलि धुमधामका साथ विवाह हुँदैछ तर अघिल्लो दिन प्रहरीको नियन्त्रणमा हुँदा बेहुलाको परिवारमा कस्तो होला? अनि बेहुली पक्षले त्यस्तो अवस्थामा कस्तो प्रतिक्रिया जनाउलान् ? यस्ता घटना विरलै हुन्छन् ।
सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १५ मा यस्तै एउटा घटना भएको छ ।
धरान उपमहानगरपालिका –१५ का कमल विश्वकर्माको मंसिर २९ गते विवाह हुँदै थियो । तर मोरङ प्रहरीले उनलाई मंसिर २८ गते शनिबार अवैध लागुऔषध सहित पक्राउ गर्यो ।
भारतको जोगबनीबाट अवैध रूपमा लागुऔषध ल्याएको आरोपमा लागुऔषध ब्यूरोको टोलीले भाेलिपल्ट बिहे हुनुपर्ने बेहुलालाई पक्राउ गर्यो । भारतको जोगबनीदेखि अवैध रुपमा लागुऔषध ल्याएको आरोपमा कमल २१ एम्पुल लागुऔषध सहित पक्राउ परे।
उनी पक्राउ परेको खबर पाएपछि धरानबाट बेहुलाका आफन्त इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगे । तर पनि प्रहरीले उनलाई छाडेन ।
विवाहको अघिल्लो दिन प्रहरीको हिरासतमा बसेका कमललाई विवाहको दिन दुई जना सादा पोशाकका प्रहरी साथ लगाएर घर पठाइएको थियोे । विवाहको दिन कमललाई लिन जन्ती जाने टोली पनि मोरङ प्रहरीको कार्यालयमा बाहिर आएका थिए ।
आइतबार विवाह सकिएपछि सोमबार साँझ जिल्ला प्रहरी कार्यालय मोरङ ल्याइएका कमललाई मंगलबार दिउँसो सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर मोरङ अदालतमा लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।