राष्ट्र बैंककाे ‘वैदेशिक रोजगार बचतपत्र बिक्री’ सुरु

 पुष २, २०७६ बुधबार १२:३१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र, २०८१’ बिक्री सुरु गरेको छ ।

वार्षिक १० प्रतिशत ब्याज दिनेगरी बैंकले मंगलबारदेखि बचतपत्र बिक्री सुरु गरेको हो । बचतपत्र यही पुस २१ गतेसम्म बिक्री हुने बैंकले जनाएको छ ।

बैंकले घटीमा पाँच हजारदेखि बढीमा पाँच हजारले भाग गर्दा निशेष भाग जानेगरी आह्वान गरिएको रकमसम्म खरिद गर्न पाउने व्यवस्था गरेको छ । यो बचतपत्र देश बाहिर रोजगारीमा संलग्न वा देश बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक, गैरआवासीय नेपाली नागरिकका आफन्त तथा परिवारले खरिद गर्न पाउनेछन् ।

बचतपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत पाउने व्यवस्था गरिएको छ । बचतपत्रको ब्याजमा कर लाग्ने भए पनि ६-६ महिनामा खरिदकर्ताले आफैँले वा इच्छाएको व्यक्तिलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया