एनसेलले ल्यायो ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’

 पुष २, २०७६ बुधबार १९:५८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एनसेलका प्रिपेड ग्राहकले अब एनसेल नेटवर्कभित्रका आफ्ना साथीभाई तथा आफन्तसँग रातिको समयमा अझै सस्ताे दरमा असीमित कुराकानीको फाइदा लिन सक्ने भएका छन् ।
 
एनसेलले ल्याएकाे ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ अन्तर्गत एनसेलका ग्राहकले एनसेल नेटवर्कभित्र रहेका आफ्ना साथीभाई तथा आफन्तजनहरुसँग बेलुका १० बजेदेखि बिहान ६ बजे सम्म मात्र १० रुपैयाँ (रु १२.७७ कर सहित) मा असीमित कुराकानी गर्न सक्नेछन् । 
 
यो अनलिमिटेड नाइट भ्वाइस प्याक बिहरिबार (पुस ३) देखि सञ्चालनमा रहने छ । यो प्याक सुरु गर्न चाहने एनसेलका ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स३ह्यास डायल गरी प्याक सुरु गर्न सक्छन् ।

त्यस्तै एसएमएसमार्फत यो प्याक सुरु गर्न ग्राहकले अंग्रेजीकोे ठूलो अक्षर ‘एनयू’ टाइप गरी १७११८ मा एसएमएस पठाउन सक्नेछन् । प्याक सुरु गरेपछि २४ घण्टाको लागि मान्य हुनेछ ।  यो अफर चैत ४ गतेसम्म सञ्चालनमा रहने छ ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • जय प्रकाश यादव

    Dec. 20, 2019, 2:32 p.m.

    Ncell tower is very important in every 3 km in kapilvastu chandruta to krishnanagar there is a problem of network in ncell so please 9817438205

  •  0 Reply

तपाईको प्रतिक्रिया