सुशान्त सिंह राजपुतका कारण श्रद्धा कपूर र कृति सेननबीच ठाकठुक

 साउन ४, २०७५ शुक्रबार १५:२२:४३ | एजेन्सी
unn.prixa.net

बलिउड फिल्म उद्योगमा अहिले अभिनेत्री श्रद्धा कपूर र कृति सेननबीच ठाकठुक चलिरहेको छ । 

यी दुवैबीच मनमुटावको एक मात्र कारण हुन अभिनेता सुशान्त सिंह राजपुत । केही समय यता अभिनेता सुशान्त सिंह राजपुत र कृति सेनन एकअर्काको प्रेममा रहेका खबरहरु आइरहेका छन । तर यी दुवैले आफूहरु असल साथीमात्रै रहेको भन्दै यस खबरको खण्डन गरिरहेका हुन्छन् । तर यी दुवै अधिकांश समय एकसाथमा समय बिताइरहेका तस्बिरहरु बेलाबेलामा मिडियामा आइरहेका हुन्छन् । 

अहिले सार्वजनिक भएको खबर अनुसार सुशान्त सिंह राजपुतको आगामी फिल्मका लागि निर्माताहरुले श्रद्धा कपूरलाई साइन गर्ने निर्णय लिएका छन् ।

निर्माताहरुको यस निर्णयले अभिनेत्री कृति सेननको मन नमज्जासँग दुखेको छ । किनकी कृति सेनन यस फिल्ममा श्रद्धा कपूर नभै सुशान्तको जोडीको रुपमा आफूलाई राख्न सिफारिस गरिरहेकी थिइन् । तर निर्माताले कृतिलाई नभई श्रद्धा कपूरलाई साइन गर्ने निर्णय गरे । तसर्थ कृतिलाई श्रद्धा कपूरलाई सुशान्तको जोडी बनाउने निर्णय चित्त बुझेन । सुशान्तसँगको सम्बन्धबारेको खबरहरुको खण्डन गर्दै हिँड्ने कृतिले यस पटक श्रद्धालाई सुशान्तको जोडी बनाउने निर्णयप्रति भने खुलेरै असन्तुष्टि पोखिन् । 

फिल्म निर्माताले श्रद्धा कपूरलाई यस फिल्मका लागि साइन गर्ने निर्णय लिए पनि यसको आधिकारिक घोषणा गर्न भने बाँकी नै छ । आधिकारिक घोषणा हुनु अगावै कृतिले देखाएको असन्तुष्टिले अब बलिउड फिल्म उधोगमा श्रद्धा र कृतिबीचको सम्बन्धमा दरार आउने भन्ने पक्का छ । 

कृति सेनन र सुशान्त सिंह राजपुतले यसअघि सन् २०१७ मा प्रदर्शित फिल्म ‘राब्ता’मा एकसाथ काम गरेका थिए । जुन फिल्म बक्स अफिसमा असफल भएको थियो । 

यतिबेला अभिनेत्री श्रद्धा कपूर फिल्म ‘स्त्री’ र ‘बत्ति गुल मिटर चालू’ को छायाँकंन सकेर बसेकी छिन् भने अभिनेता सुशान्त सिंह राजपुत फिल्म ‘साने चिडिया’ को छायाँकंनमा व्यस्त छन् । अभिनेत्री कृति सेनन फिल्म ‘हाउसफूल ४’ को छायाँकंनमा व्यस्त छिन् ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया