घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
अर्घाखाँची - अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ८ का गर्भवती महिलालाई पोषिलो खाना वितरण गरिएको छ । गर्भ परीक्षण गरेका आधारमा पोषण सामाग्री वितरण गरिएको हो ।
गर्भवती महिलाललाई अण्डा, चना, आयोडिन नुन र हरियो झण्डा वितरण गरिएको छ । पोषण प्राप्त हुने सामाग्रीको वितरणले गर्भवती हुने महिलाहरुमा पोषणको मात्रा पूरा हुने भएकाले गर्भवती र सुत्केरी महिलाहरुका लागी वडा अध्यक्ष पोषण प्याकेज कार्यक्रमको सुरुवात गरेको वडा अध्यक्ष ईश्वरी प्रसाद भूसालले बताउनु भयो ।
पाेषण सामग्री वितरण गर्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल भूसालले स्वास्थ्य क्षेत्रमा नगरपालिकाले विशेष खालको योजना बनाएर अगाडी बढेको बताउनु भयो । वडामा रहेका सबै गर्भवती महिलालाई पोषण सामाग्री वडाले वितरण गर्ने पनि उहाँले जानकारी दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।