काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
रियल मड्रिडका अध्यक्ष फ्लोन्टिनो पेरेजले यस अघि नयाँ सिजनमा केही ‘शानदार’ खेलाडी आवद्ध गर्ने बताएका थिए ।
उनले सन् २०१८–१९ सिजनमा रियल मड्रिड भिन्न रुपमा प्रस्तुत हुने समेत बताएका थिए ।
प्रशिक्षक जिनेदिन जिदान र रोनाल्डोको बहिर्गमनपछि रियल मड्रिडलाई यो सिजनमा केही अप्ठेरो हुने अनुमान गरिएको छ ।
जिदानको स्थानमा जुलेन लोपेटेगीलाई आवद्ध गरेपनि रोनाल्डोका खाली ठाउँ पूरा गर्नका लागि रियलले विश्वका केही उत्कृष्ट खेलाडीहरु आवद्ध गर्न कसरत गर्दै आएको छ ।
नौ वर्षमा ४५० गोल गरेका रोनाल्डोको ठाउँमा रियलले केही उत्कृष्ट खेलाडी आवद्ध गर्न दौडधुप समेत बढाएको छ ।
रियलका आँखामा परेका खेलाडीहरु यहाँ समावेश गरिएको छ ।
अध्यक्ष फ्लोरेन्टिनो पेरेज लामो समयअघि देखि नेयमारलाई आवद्ध गर्न इच्छुक छन् ।
ब्राजिलियन फरवार्डलाई आवद्ध गर्नका लागि पेरेजले यस अघि नै दुई पटक औपचारिक प्रस्ताव राखिसकेका छन् । पेरेजल नेयमारलाई पहिलो पटक सन् २००५ मा रियलमा ट्रायल दिन आएका बेला प्रस्ताव गरेका थिए ।
तर नेयमारले त्यतिबेला घरेलु क्लब सान्तोसमा खेल्ने निर्णय गरेका थिए । त्यसपछि उनले सन् २०१३ मा दोस्रो प्रस्ताव गरेका थिए ।
सन् २०१३ मा राखेको त्यो प्रस्ताव इन्कार गर्दै नेयमार रियलको प्रतिद्वन्द्वी बार्सिलोनामा आवद्ध भए ।
तर बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेइन पुगेका नेयमार पेरेजका लागि यस पटक भने सकारात्मक देखिएका छन् ।
सार्वजनिक रुपमै नेयमारलाई आवद्ध गर्न इच्छुक नभएको बताए पनि रोनाल्डोको स्थानमा नेयमारलाई उपयुक्त ठान्दै आएको छ ।
केलियन एमबाप्पे नेयमार जस्तै रियलका अर्का लक्षित खेलाडी हुन् । यद्धपि एमबाप्पेलाई रियलले सार्वजनिक रुपमै अनुबन्ध नगर्ने जनाइसकेको छ ।
तर पनि एमबाप्पेलाई अनुबन्ध गरेमा रोनाल्डोको स्थान पूर्ति हुन सक्ने प्रशिक्षण टोलीको धारणा छ ।
गएको जनवरीमा १९ वर्षे फरवार्ड सम्झौताका लागि उपलब्ध भएपनि रियललाई पछि पार्दै पीएसजीले आफ्नो क्लब भित्राउन सफल भएको थियो ।
इडेन हाजार्ड– एट्याकिङ् मिडफिल्डर (चेल्सी)
नेयमार र एमबाप्पेलाई आवद्ध गर्न केही कठिनाई भइरहेको अवस्थामा इडेन हाजार्ड रियलका लागि उपयुक्त विकल्प हन् ।
विश्वकपमा इंग्ल्याण्डलाई हराउँदै तेस्रो भएपछि बेल्जियमका कप्तान हाजार्डलाई अबको यात्रा कता भनेर सोधिएको थियो ।
६ सिजन चेल्सीमा बिताएका हाजार्डले भनेका थिए, ‘सबैलाई थाहा छ म कहाँ खेल्न चाहन्छु ।’
चेल्सी छोडेमा उनले रियल मड्रिडमा खेल्ने इच्छा व्यक्त गरेका छन् । तर विश्वकपमा उनले गरेको उत्कृष्ट प्रदर्शनका कारण चेल्सीले उनलाई कम मूल्यमा रियल जान दिनेछैन ।
गएको हप्ता सम्पन्न विश्वकपमा ६ गोल गर्दै इंग्लिस स्ट्राइकर ह्यारी केनले विश्वकपको गोल्डेन बुट जित्न सफल भएका थिए । केन रियल मड्रिड जान इच्छुक समेत देखिएका छन् ।
रोनाल्डो युभेन्टसमा आवद्ध भएपछि सेन्ट्रल फरवार्डको स्थानमा करिम बेन्जेमा मात्र सिनियर खेलाडी छन् ।
रियलका लागि गोल गर्ने र जर्सी नम्बर नौ लगाउने खेलाडी पेरेजले बेन्जेमाको अनुपस्थितिमा त्यस्तै भूमिका निर्वाह गर्न सक्ने खेलाडी खोजिरहेका छन् ।
तर केनले हालै टोटनह्यामसँग लामो सम्झौता गरेका छन् । र अन्तरवार्ताका क्रममा उनले टोटनह्यामको नयाँ रंगशालामा ट्रफी भित्राउने इच्छा व्यक्त गरेका छन् ।
रियल मड्रिडले लामो समयदेखि रोबर्ट लेवान्डोस्कीलाई पछ्याइरहेको छ । पोल्याण्डका स्ट्राइकर यो सिजन रियलका लागि उपलब्ध हुन सक्नेछन् ।
तरपनि लेवाण्डोस्कीलाई बेच्न नचाहिरहेको बायर्न म्युनिखबाट स्ट्राइकर भित्र्याउन रियललाई पक्कै सहज हुनेछैन ।
लेवाण्डोस्कीका एजेन्टले राखेको अनौपचारिक प्रस्तावमा क्लबले ‘रोबर्टले नयाँ चुनौतिको आवश्यकता महसुस गरेका छन्’ भनेको थियो ।
३० वर्षे लेवाण्डोस्की रियलको पहिलो रोजाई नभए पनि सेन्ट्रल मिडफिल्डरको अभावका कारण उनलाई रियलले विकल्पका रुपमा राखेको छ ।
रियल मड्रिडले गोलकिपर थिबाउट कोट्वालाई अनुबन्ध गर्न ठूलै चासो देखाएको छ । रियल अहिलेका मुख्य गोलकिपर केलर नभासलाई प्रतिस्थापन गर्न सक्ने गोलकिपरको खोजीमा रहेको छ ।
तुलनात्मक रुपमा कोट्वा केही सहज पनि रहेका छन् ।
एट्लेटिको मड्रिडमा केही सिजन बिताएका कोट्वाका परिवार अहिले पनि मड्रिडमा नै बस्दै आएका छन् ।
२६ वर्षे कोट्वाको चेल्सीमा सन् २०१९ सम्मको सम्झौता छ । रियलले उनका लागि ३५ मिलियन पाउण्डको प्रस्ताव गर्ने बताइएको छ ।
रियल मड्रिडका नयाँ प्रशिक्षक जुलेन लोपेटेगी बायर्नका मिडफिल्डर अल्कन्तराका ठूला प्रशंसक हुन् । स्पेनिस खेलाडी अल्कन्तारासँग काम गरेका प्रशिक्षक लोपेटेगी बार्सिलोनाका पूर्व खेलाडीलाई भित्र्याउन इच्छुक छन् ।
आन्द्रेज इनिस्टा र पाउलिन्हो बाहिरिएपछि २७ वर्षे अल्कन्तारा रियलको भन्दा पनि बार्सिलोनाका लागि आवश्यक छन् ।
लुका मोड्रिच, टोनी क्रुज, कासिमिरो, इस्को, डानी सेबालोस, लुकास भाज्क्वेज र मार्को असेन्सियो जस्ता मिडफिल्डर भएको अवस्थामा अल्कन्तारा रियलको विशेष चासो भने होइनन् ।
तर पनि बायर्नले उनलाई रिलिज गर्न चाहेको अण्डमा रियलले अनुबन्ध गर्न चासो देखाउनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।