घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
लमजुङ - चिसो बढेसँगै लमजुङ र मनाङका किसानहरुले घुम्ती गोठहरु बेँसी झारेका छन् । चिसो छल्न लमजुङ र मनाङका माथिल्लो क्षेत्रमा रहेका घुम्ती भैँसी गोठ, भेँडी गोठ र चौँरी गोठ बेँसी झारिएको हो ।
हिमाली जिल्ला मनाङका घुम्ती गोठहरु उपल्लो क्षेत्रबाट बेँसी झरिसकेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार मनाङको माथिल्लो भेगबाट घुम्ती गोठहरु जिल्लाको ताल, ओडार, धारा पानी, चामे लगायतका तल्लो क्षेत्रमा सारिएको छ । ‘चिसोमा मनाङको माथिल्लो क्षेत्रमा हिउँ पर्छ ।
भेँडाबाख्रा, याक/चौँरीका लागि घाँसको कमी हुन जान्छ । आहाराको अभावले पशु चौपाया मर्ने समस्या हुनसक्छ,’ डा. श्रेष्ठले भन्नुभयो, ‘त्यसैले चिसो छल्नका साथै पशुलाई आहाराको कमी हुन नदिन किसानहरुले चिसोकाे समयमा घुम्ती गोठहरु बेँसी झार्ने गर्छन् ।’
डा. श्रेष्ठका अनुसार मनाङमा घुम्ती चौँरी गोठमा झण्डै ३ हजार चौँरी पालिएका छन् भने घुम्ती भेँडी गोठमा झण्डै १२ हजारको हाराहारीमा भेँडाबाख्रा पालिएका छन् ।
चिसोमा बेँसी झारिएका घुम्ती गोठहरु गर्मी सुरु भएसँगै लेकतिर सारिन्छ । ‘चिसो महिनामा माथिल्लो क्षेत्रमा रहेका गोठहरु बेँसी सारिन्छ । चैत - वैशाखदेखी बेँसी झारिएका घुम्ती गोठहरु बिस्तारै माथिल्लो क्षेत्रतर्फ सारिन्छन्,’ उहाँले भन्नुभयो ।
यसैगरी, पहाडी जिल्ला लमजुङको घनपोखरा, दूधपोखरी, घेर्मु, बाँझाखेत, विचौर, कोल्की, ढोडेनी, फलेनी, बन्सार लगायतका क्षेत्रमा रहेका घुम्ती भैँसी गोठ, घुम्ती भेँडीगोठ पनि बेँसी झरिसकेको केन्द्रका पशु विकास अधिकृत खिला शर्मा घिमिरेले बताउनुभयो ।
उहाँका अनुसार लमजुङमा घुम्ती भैँसी गोठमा १२ सय भैँसी, घुम्ती भेँडी गोठमा झण्डै २० हजार भेँडाबाख्रा पालिएका छन् । उहाँका अनुसार घनपोखरामा मात्रै ४ वटा घुम्ती भैँसी गोठ रहेका छन् । यहाँका भैँसी गोठमा ७० देखी २ सयको हाराहारीमा भैँसी पालिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।