घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
नागरिकता विधेयक संशोधन एवं राष्ट्रिय नागरिक रजिस्टर (एनआरसी)को विरोधमा भारतको विभिन्न राज्यमा दंगा भड्किएको झन्डै दुई साता पुग्न लागेको छ । प्रदर्शनकारी र प्रहरीको मुठभेडमा परेर हालसम्म १७ जनाले ज्यान गुमाइसकेका छन् ।
आन्दोलनमा उत्रिएका सयौँ प्रदर्शनकारी र थुप्रै प्रहरी घाइते भएका छन् । शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा ११ जनाले ज्यान गुमाएका थिए । शनिबार बिहानबाटै भारतको उत्तरप्रदेश, यूपी, गुजरात, कर्नाटक, आसाम, भागपुर, दरभंगामा हिंसात्मक प्रदर्शन भैरहेका छन् ।
दिल्लीको सदरबजार, जामे मस्जिद, नबी करिम, दरियागन्ज, सिलमपुर, सिमापुरी, नन्द नगरी र दिल्ली गेट क्षेत्रमा ठूला प्रदर्शन भएका छन् । थुपै्र स्थानमा प्रदर्शनकारीमाथि प्रहरीले पानीका फोहोरा र अश्रुग्यास प्रहार गरेको छ ।
कैयौँ सवारी साधनमा तोडफोड गरिएको छ । भारतीय संचारमाध्यमले जनाएअनुसार आन्दोलनका कारण हालसम्म झन्डै ८८ करोड भारु बराबरको सम्पति क्षतिग्रस्त भएको छ । प्रहरीले बिहीबारको प्रदर्शनअघि नै दिल्लीका विभिन्न भागमा निषेधाज्ञा लागू गरेको थियो ।
निषेधाज्ञाका कारण चार वा त्यसभन्दा बढी मानिस भेला हुन नपाइने भएको छ । यद्यपि, आन्दोलनले झनै विकराल रुप लिएको छ । अहिले, बिहारका विभिन्न स्थानमा कफ्र्यु लगाइएको छ् भने अस्पताल र दमकलको सेवालाई सतर्क अवस्थामा राखिएको छ ।
भारतीय राष्ट्रिय दल का्रग्रेस, राष्ट्रिय जनता दल (आरजेडी) लगायतका विपक्षी दलले पनि विधेयकको विराेध गर्दै प्रदर्शनकारीलाई समर्थन गरिरहेका छन् । आरजेडीले शुक्रबार साँझ पटनामा मशाल जुलूस निकालेको थियो भने शनिबार बिहार बन्दप्रति समेत समर्थन जनाएको छ ।
यसैबीच, प्रदर्शनमा प्रहरीले धरपकड गरेको भन्दै कांग्रेसले मोदी सरकारको आलोचना गरेको छ । पार्टी प्रमुख सोनिया गान्धीले विज्ञप्ति जारी गर्दै सरकारले जनताको आवाज दबाउन खोजेको आरोप लगाउनु भएको छ ।
शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार जनतालाई भएको भन्दै उहाँले प्रहरी कारबाहीको विरोध गर्नुभएको छ ।
यसरी भड्कियो दंगा
नागरिकता कानुन संशोधनलाई चुनाव ताका मुख्य एजेन्डा बनाएको मोदी सरकारले गएको डिसेम्बर १० मा सो विधेयक लोकसभाबाट पारित गरेको थियो । राज्यसभाबाट गत डिसेम्बर ११ मा पारित भएको विधेयकलाई राष्ट्रपति रामनाथ कोविन्दले १२ डिसेम्बरमा हस्ताक्षर गरी कानुनको रुप दिनुभएको थियो ।
विधेयकमा उल्लेख भएबमोजिम भारतमा बसोबास गर्दै आएका बंगलादेश, पाकिस्तान र अफगानिस्तानका हिन्दु, शिख, इसाई, पारसी, जैन, बौद्ध, धर्मालम्बीहरुलाई नागरिकता प्रदान गरिने छ । नागरिकता ऐन १९५५ मा उल्लिखित प्रावधानमा अवैध प्रवासीलाई भारतीय नागरिकता नदिइने उल्लेख गरिएको थियो । यद्यपि, संशोधित कानुन लागू भएको खन्डमा उनीहरुलाई नागरिकता दिने प्रावधान अगाडि बढ्ने छ ।
कानुन कार्यान्वयनमा आएसँगै राज्यको भाषा, संस्कृति र पारस्पारिक बिरासतमा आँच पुग्ने भन्दै सयौँ भारतीय नागरिक आन्दोलनमा उत्रिएका हुन् । प्रावधान अनुसार ३१ डिसेम्बर सन् २०१४ सम्ममा भारत छिरेका नागरिक र उनीहरुका छोराछोरीले नागरिता प्राप्त गर्नेछन् ।
यसाे भएकाे खण्डमा लाखौँको संख्यामा रहेका बंगलादेशी हिन्दू नागरिकसँगै अन्य दुई देशका शरणार्थीले भारतीय नागरिकको दर्जा पाउनेछन् । कानुन लागू भएमा उनीहरुले अनलाइनबाट आवेदन दिएर नागरिकता लिन सक्नेछन् ।
यसैकारण भारतकाे पूर्वाेउत्तर राज्यबाट सुरु भएको आन्दोलन अहिले पश्चिम बंगालसम्म पुगेको छ । सबैभन्दा धेरै आसाम, मेघालय, त्रिपुरा र मिजोरमका नागरिक विधेयककाे विराेधमा उत्रिएका छन् । सो जिल्लामा धेरै शरणार्थी भएका कारण उनीहरु आक्रोशपूर्ण रुपमा आन्दोलनमा उत्रिएको सञ्चारमाध्यमले जनाएका छन् ।
यस्तो छ सरकार र विपक्षीको धारणा
कांग्रेस, तृणमूल, सीपीआई, आरजेडीलगायत विभिन्न विपक्षी दलले विधेयकको विराेध गर्दै प्रदर्शनकारीलाई समर्थन गरिरहेका छन् । मोदी सरकारले विधेयक मार्फत मुसलमान समुदायमाथि उत्पीडन गर्न खोजेको विपक्षी दलको आरोप छ । सरकारले भने अल्पसंख्यक समुदायका मानिसलाई धार्मिक उत्पीडनको समयमा सुरक्षादिने उदेश्यले सो कानुन ल्याइएको जवाफ दिँदै आएको छ ।
प्रदर्शन चर्किँदै गएपछि सरकारले अहिले नागरिकता ऐनका सम्बन्धमा केही लचकता अपनाएको छ । भारतको गृह मन्त्रालयले पनि नागरिकता कानुनको मस्यौदामाथि पुनर्विचार गर्ने संकेत देखाएको छ ।
गएकाे बिहीबार भारतका गृहराज्यमन्त्री जयकिसन रेड्डीले याे कानुन कहिलेदेखि लागू गर्ने भन्ने कुरा निश्चित नभएको र नागरिकता कानुनको कार्यविधी समेत तय भइनसकेको बताएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।