'अल्लाह'को निन्दा गरेको आरोपमा पाकिस्तानमा एक जना प्राध्यापकलाई मृत्युदण्डको सजाय

 पुष ६, २०७६ आइतबार ७:१:२५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – पाकिस्तानको दक्षिणी शहर मुल्तानमा बहाउद्दीन जकारिया विश्वविद्यालयका एक प्राध्यापक जुनैद हफीजलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । 

३३ वर्षीय जुनैद हफीजलाई सन् २०१३ मार्चमा गिरफ्तार गरिएको थियो । उनीमाथि सामाजिक सञ्जालमा पेगम्बर मोहम्मदको बारेमा अपमानजक टिप्पणी पोस्ट गरेको आरोप थियो । 

अतिरिक्त जिल्ला र सत्र न्यायाधीशले जुनैद हफीजमाथ पाँच लाखको जरिबाना पनि तोकेको छ । 

अल्लाहको निन्दा गरेको आरोपमा पाकिस्तानमा निकै गम्भीर मानिन्छ । पाकिस्तानमा आरोप लाग्दा मानै पनि कट्टरपन्थीहरुलाई निशाना बनाउनका लागि काफी हुन्छ ।  

हफीजका पहिलेका वकिल राशिद रहमानले सन् २०१४ मा यो मुद्दामा पैरवीको लागि तयार भएका थिए तर उनको गोली हानेर हत्या गरिएको थियो । त्यसपछि यो मुद्दामा लड्नको लागि कोही पनि वकिल तयार भएनन् । पछि एक जना वकिल यो मुद्दा लड्न तयार भए पनि उनलाई धम्की दिइयो । 

यो मुद्दाको सुनुवाइ सन् २०१४ मा सुरु भयो, जसमा अभियोजन पक्षको तर्फबाट १३ जनाले बयान दिए । प्राध्यापक जुनैदको विरुद्ध बयान दिनेहरुमा विश्वविद्यालयका शिक्षक, छात्र र पुलिसकर्मी सामेल थिए । 

यस दौरान जेलमा जुनैद हफीजमाथि अन्य कैदीहरुले पटक पटक आक्रमण गरे । 

मुल्तान केन्द्रीय जेलमा बन्दी रहेका जुनैदले अमेरिकामा फुलब्राइट छात्रवृत्तिबाट स्नातकोत्तरको पढाइ गरेका थिए र उनको विशेषज्ञता अमेरिकी साहित्य, फोटोग्राफी र थिएटरमा छ । 

पाकिस्तान फर्किएपछि उनी मुल्तानको बहाउद्दीन जकारिया विश्वविद्यालय (बीजेडयू) मा प्राध्यापन गर्न थाले । हफीजका वकिलले यो फैसलालाई ‘सबैभन्दा दुर्भाग्यपूर्ण’ भएको र यसको विरुद्ध अपिल गर्ने बताएका छन् । 

यसैबीच अभियोजन पक्षका वकिलहरुले आफ्ना सहयोगीलाई मिठाई बाँडे र साथै ‘अल्ला हो अकबर’ तथा ‘ईशको निन्दा गर्नेलाई मृत्यु’ को नारा लगाए । 

एमनेस्टी इन्टरनेशनलले पनि यसलाई निकै निराशाजनक र आश्चर्यजनक भएको बताएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया