घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
पर्सा - वीरगन्ज महानगरपालिका-१२, ब्रम्ह्चोकमा रहेको श्री सिद्धि विनायक पूजा सामग्री उत्पादन उद्योगमा प्रहरीले आइतबार छापा मारेको छ ।
पूजा र खानका लागि उत्पादन गरिने शुद्ध घ्यूमा अखाद्य वस्तु मिलाइरहेको भन्ने सूचनाको आधारमा सोमेन्द्र सिंह राठौरको टाेलीले छापा मारेर अखाद्य घ्यू समेत बरामद गरेको छ ।
त्यस क्रममा डाल्डा, रंग तथा सुगन्धित रसायन प्रयोग गरी शुद्ध घ्यू उत्पादन गरिरहेको भेटिएको थियो ।
शुद्ध घ्यू भनेर प्रचारबाजी गर्दै उत्पादन गरिने श्री सिद्धि विनायक घ्यू नेपालभर बिक्री बितरण हुँदै आएको थियो । छापा मार्ने क्रममा अखाद्य वस्तु मिलाइएको भेटिएपछि त्यसमा प्रयोग गरिने सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले घ्यू उत्पादन गर्ने भाँडो, कच्चा पदार्थ तथा उत्पादन गरिएका घ्यू प्याक गरेर सिल मार्ने मेशिनलगायतका सामानहरु नियन्त्रणमा लिएको हाे ।
यस क्रममा प्रहरीले उद्योगसँग आवद्ध रमेश श्रेष्ठ र राम विलास नाम गरेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा लगेर आवश्यक अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।