रेलिगेसन जोनमा रहेको वाटफोर्डसँगको हारले म्यानचेस्टर युनाइटेडलाई धक्का

 पुस ७, २०७६ सोमबार ७:१०:२४ | एजेन्सी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले पाँचौ हार बेहोरेको छ । युनाइटेडले पछिल्ला ६ खेलमा पहिलो हार बेहोरेको हाे ।

घरेलु मैदानमा भएको खेलमा वाटफोर्डले म्यानचेस्टर युनाइटेडलाई दुई-शून्यले हरायो । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियाे । तर खेलको दोस्रो हाफमा वाटफोर्डले दुई गोल गर्‍यो ।

खेलको ५० औं मिनेटमा सारको गोलमा वाटफोर्डले अग्रता बनायो । तर त्यसको चार मिनेटपछि वाटफोर्डले पेनाल्टीको अवसर पायो । जसलाई डिनेले गोल गर्दै वाटफोर्डको अन्तर दुई-शून्यमा पुर्‍याए ।

तर त्यसपछि म्यानचेस्टर युनाइटेड खेलमा फर्कन सकेन र पराजित भयो । यो हारले म्यानचेस्टर युनाइेटडकाे पाँचौ स्थानमा उक्लने मौकामा धक्का लाग्याे ।

लिगको रेलिगेसन जोनमा रहेको वाटफोर्डसँगको हारले म्यानचेस्टर युनाइटेटलाई ठूलो धक्का लागेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया