आगलागीका कारण अष्ट्रेलियाको एउटा नगर नै तहसनहस

 पुस ७, २०७६ सोमबार ९:१०:१० | एजेन्सी
unn.prixa.net

गर्मीसँगै फैलिएको ‘विनाशकारी’ आगलागीका कारण अष्ट्रेलियाको एउटा समुदायलाई ठूलो क्षति पुगेकोे छ । आगलागीका कारण अष्ट्रेलियाको एउटा नगर नै विस्थापित भएको छ ।

न्यू साउथ वेल्सकी नेतृ ग्ल्याडिज बेरेजिक्लियननका अनुसार सिड्नीको दक्षिण पश्चिममा रहेको बालमोरलका ४ सय नागरिक विस्थापित भएका छन् । बढ्दो तापक्रमसँगै अष्ट्रेलियाका थुप्रै राज्यमा अग्निनियन्त्रकलाई आगो निभाउनसमेत कठिन भइरहेको छ ।

बालमोरलका स्थानीय मुश्किलले ज्यान जोगाउन सफल भएका छन् । बालमोरलका स्थानीय नागरिक स्टिभ ह्यारिसन आफूले मुश्किलले ज्यान जोगाएको बताउँछन्, ‘म आफ्नो गाडीतर्फ भागेँ । तर बगैँचामा आगो फैलिसकेको थियो । सडकमा पनि आगोको लप्का आइसकेको थियो । मैले आफू उम्किन सक्दिनँ जस्तो लाग्यो ।’

गएको सेप्टेम्बरदेखि अष्ट्रेलियामा फैलिएको विनाशकारी आगलागीका कारण अहिलेसम्म ९ जनाको ज्यान गएको छ । त्यस्तै सयौँ घर आगलागीले ध्वस्त भएका छन् भने लाखौँ हेक्टर जमिनमा आगलागीले क्षति पुगेको छ ।

गएको आइतबार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दुःखद परिस्थितिका बेला आफू बिदा मनाउन गएकोमा माफी मागेका थिए ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया