सञ्जय दत्तको जीवनमा आधारित ‘सञ्जुः द रियल स्टोरी’ रामगोपाल बर्माले बनाउने

 साउन ४, २०७५ शुक्रबार १८:५१:४४ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमा बनेको फिल्म ‘सञ्जु’ ले अहिलेसम्म विभिन्न कीर्तिमान राख्दै तीन सय करोडको व्यापार गरिसकेको छ । 

राजकुमार हिरानीको निर्देशनमा बनेको ‘सञ्जु’ ले बक्स अफिसमा जति तहल्का मच्चाउन सफल भयो, त्यति नै बढी हिरानीमाथि सञ्जय दत्तको छविमा लागेको दाग मेटाउनको लागि फिल्म बनाएको भन्ने जस्ता आलोचना पनि लगाइए । यसैबीच निर्देशक रामगोपाल बर्मा सञ्जय दत्तको बायोपिक बनाउने तयारीमा जुटिसकेको खबर सार्वजनिक भएको छ । रामगोपाल बर्माका अनुसार उनी सञ्जय दत्तको वास्तविक जीवनमा आधारित भएर दोस्रो बायोपिक ‘सञ्जुः द रियल स्टोरी’ बनाउने भएका छन । 

मुम्बई मिररका पत्रकारसँगको कुराकानीमा रामगोपाल बर्माले यस कुराको आधिकारिक जानकारी दिएका छन् । बर्माका अनुसार उनको अब बन्ने बायोपिकमा सञ्जय दत्तको एके ५६  राइफल किन राखियो भन्ने कुरालाई केन्द्रमा राखेर बनाइनेछ ।

सञ्जय दत्तले किन र कसरी राइफल राखे भन्ने कुरालाई पनि विस्तृतमा देखाइनेछ । सञ्जय दत्तको परिवारले कसले धम्की दिएको थियो भन्ने कुरालाई पनि समावेश गरिनेछ । सञ्जय दत्तलाई कसले राइफल राख्न उक्साएको थियो, कसले राइफल दिएको थियो र कसरी राइफल नष्ट गरिएको थियो भन्ने कुरा पनि फिल्ममा देखाइनेछ । 

बर्माका अनुसार उनले ‘सञ्जु’ हेरिसकेका छन । उनलाई सञ्जय दत्तको जीवनको भावनात्मक यात्रा निकै राम्रो लागेको बताएका छन । तर फिल्ममा सन् १९९३ को बम ब्लाष्टसम्म मात्रै समित राखिएकोमा भने चित्त नबुझेको बताएका छन ।

उनले सञ्जय दत्त कुलतमा फसेको, उनकी आमाले क्यान्सर रोग लागेर निधन भएको र सञ्जयले गरेको संघर्ष लगायतको कुरालाई फिल्ममा निकै सह ढंगले प्रस्तुत गरिएको बताएका छन । तर बर्मालाई लाग्छ कि दर्शकहरु सञ्जय दत्तको सार्वजनिक नभएको कहानी जान्न चाहन्थे जुन केवल सञ्जय दत्तलाई मात्रै थाहा छ । 

रामगोपाल बर्माले सञ्जय दत्तको दोस्रो बायोपिक ‘सञ्जुः द रियल स्टोरी’ का लागि सञ्जय दत्तलाई चिन्ने नजिकका व्यक्ति र उनको केसको जाँचमा संलग्न प्रहरीहरुलाई भेट्न सुरु गरिसकेका छन ।

सञ्जय दत्तले रामगोपाल बर्माका साथ दुईवटा फिल्ममा काम गरेका छन् । सन् १९९७ मा सञ्जय जेलबाट छुटेपछि बर्माको निर्देशन रहेको फिल्म ‘दौड’ मा काम गरेका थिए । यसका साथै सन् २०१२ मा फिल्म ‘डिपार्टमेन्ट’ मा पनि साथमा काम गरेका थिए । 

निर्देशक रामगोपाल बर्माले बनाउने फिल्म ‘सञ्जुः द रियल स्टोरी’ मा सञ्जय दत्तको भूमिका कसले निर्वाह गर्ने भन्ने कुरा खुलासा छिट्टै नै हुने बताएका छन् । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया