निःशुल्क एम्बुलेन्स सेवा : स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने बढे

 पुष ८, २०७६ मंगलबार ८:२२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएपछि स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या बढेको छ । 

सुत्केरी गराउनका लागि स्वास्थ्य संस्थामा जाने महिलालाई लक्षित गरेर गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेपछि अहिले स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउने महिलाको संख्यामा बढेको हो । 

एम्बुलेन्समार्फत गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म लैजाने र बच्चा जन्माएपछि घरसम्मै पुर्‍याउने व्यवस्था मिलाइएपछि स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने महिलाको संख्या बढेको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताउनुभयो । 

सुत्केरी महिला र शिशुको जीवन रक्षाका लागि गाउँपालिकाले २०७४ साल साउनदेखि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको हो । 

अस्पताल जानका लागि हेलिकोप्टर चार्टर गर्नुपर्ने र अस्पतालसम्म पुग्ने साधनको अभावमा ज्यान गुमाउनु पर्ने समस्या अन्त्यको प्रयासस्वरुप खोटाङ सेवा समाज (यूके) ले २०७३ साल चैत्र २६ गते खोटाङलाई एकैसाथ ७ वटा एम्बुलेन्स हस्तान्तरण गरेको थियो । 

त्यसमध्ये ऐँसेलुखर्क क्षेत्रका लागि उपलब्ध गराइएको एम्बुलेन्सलाई गाउँपालिकाले जिम्मा लिएर सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया