घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ - सरकारमा सहभागी संघीय समाजवादी पार्टीले सरकार छाडेको छ । पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादीले प्रधानमन्त्रीसँग असन्तुष्टि जनाउँदै सरकार छाडेको हो ।
पार्टीको मंगलबार बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई आजै राजीनामा दिन पनि निर्देशन दिएकाे छ । सरकारमा संघीय समाजवादीबाट अध्यक्ष यादव र मोहम्मद इश्तियाक राई सहभागी हुनुहुन्छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहनुभएका यादवले संविधान संशोधनको प्रस्ताव पेस गर्न खोज्नु भएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले यादवको प्रस्ताव अस्वीकार गर्नु भएको थियो ।
मंसिर ३ गते प्रधानमन्त्री ओलीले यादव विदेश भ्रमणमा रहेका बेला मन्त्रालय नै हेरफेर गरिदिनुभएको थियो । स्वास्थ्य तथा जनसंख्यामन्त्री रहनुभएका यादवलाई त्यसबेला कानुन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । राई भने शहरी विकासमन्त्री हुनुहुन्छ ।
केही दिनअघि राष्ट्रिय जनता पार्टीसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रदेश २ को राष्ट्रिय सभा चुनावमा एकता गर्ने सहमति गरेपछि सरकारमा सहभागी समाजवादी पार्टी असन्तुष्ट बनेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।