घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – आज डिसेम्बर २५ तारिख, इसाई धर्माबलम्बीले चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस मनाउँदैछन् ।
'क्रिसमस डे'का अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदा दिएको छ ।
इशाई धर्मका संस्थापक येशू ख्रीष्टकाे जन्मजयन्तीका अवसरमा क्रिसमस मनाउने गरिन्छ । क्रिसमसका अवसरमा येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरी हर्षाेल्लासका साथ मनाउने गरिन्छ ।
नेपालमा इसाई धर्मको इतिहास चार सय वर्षभन्दा पुरानो रहेको र अहिले नेपालमा १२ हजार ५ सय चर्च रहेको राष्ट्रिय ख्रीष्टियन महासंघले जनाएको छ ।
काठमाण्डाैकाे ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायतका स्थानमा आज विशेष कार्यक्रम हुँदै छ । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशूको जन्म भएको मानिन्छ ।
येशूले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत चलाइएको विश्वास गरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।