भारतीय प्रधानमन्त्री मोदीलाई राहुल गान्धीले आँखा झिम्काए, प्रिया प्रकाशसँग तुलना

 साउन ४, २०७५ शुक्रबार १९:५४:१३ | एजेन्सी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल सुरु भएको छ । शुक्रबार प्रमुख प्रतिपक्षी दल कांग्रेस अध्यक्षले संसदमा आफ्नो भाषणमा अधिकांश समय सरकारको आलोचनामा खर्चिए । 

गान्धीले किसानहरुको समस्या, राफेल डिल तथा नोटबन्दीका बारेमा सरकार र प्रधानमन्त्रीको कडा आलोचना गरे । संसदमा दिएको ३५ मिनेट लामो भाषणपछि गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई अँगालो हाले । त्यसपछि उनी आफ्नो सिटमा गएर बसे । त्यसपछि उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आँखा झिम्काए । 

उनको आँखा झिम्काईलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा भयो । ट्वीटरमा ट्रेन्डिङ नै सुरु भयो । केही महिनाअघि दक्षिण भारतीय अभिनेत्री प्रिया प्रकाश वारियरको एउटा भिडियोले सामाजिक सञ्जालमा निकै चर्चा पाएको थियो । जुन भिडियोमा प्रियाले आँखा झिम्काएकी थिइन् । 

संसदमा गान्धीले आँखा झिम्काएपछि उनलाई प्रियासँग तुलना गरिएको छ । 

भाषण सक्नेबित्तिकै राहुल गान्धी प्रधानमन्त्री नरेन्द्र मोदीलाई अँगालो हाल्न पुगेका थिए । पूरा संसद नै अचम्ममा पर्यो । तर प्रधानमन्त्री मोदीलाई अँगालो हालेर गान्धी आफ्नो सिटतर्फ बढ्दै थिए, प्रधानमन्त्री मोदीले उनलाई बोलाएर पिठ्युँमा थपथपाए । 

सामाजिक सञ्जालमा राहुल गान्धीले प्रियाप्रकाश वारियरलाई टक्कर दिएको भन्दै चर्चा चुलिएको छ । 
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया