बुधबारदेखि फेरि चल्ला उत्पादन सुरु, १० दिन बन्द गर्दा ३२ कराेड घाटा भयाे : ह्याचरी सङ्घ

 पुष ९, २०७६ बुधबार ११:३८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – १० दिनसम्म कुखुराका चल्ला उत्पादन बन्द गरेको नेपाल ह्याचरी उद्योग सङ्घले बुधबारदेखि फेरि चल्ला उत्पादन सुरु गरेको छ । 

लागतअनुसारको मूल्य नपाएको भन्दै गएको मंसिर २९ गतेदेखि उत्पादन बन्द गरेको सङ्घले बुधबारदेखि फेरि नियमित चल्ला उत्पादन सुरु गरेको हो । 

चल्ला उत्पादन बन्द गर्दा १० दिनमा ३२ करोड रुपैयाँ बराबरको नोक्सानी भएको सङ्घले जनाएको छ । १० दिन उत्पादन बन्द गर्दा बजार राम्रो भए वा नभएको भन्नेबारे भने आजदेखि मात्रै थाहा हुने सङ्घको भनाइ छ । 

अहिले बजारमा जिउँदो कुराको मूल्य किलोको एक सय ८० रुपैयाँ र मासुको दुई सय ७० रुपैयाँ तोकिएको छ । बजारमा आपूर्ति कम हुँदा बजार मूल्य बढ्न सक्ने उनीहरुको भनाइ छ । 

एउटा चल्ला उत्पादनमा झण्डै ५५ रुपैयाँ लागत पर्ने भए पनि चल्लाको बिक्री मूल्य ३० रुपैयाँभन्दा कम मात्र पाइरहेको सङ्घको भनाइ छ । 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया