बिहीबार सार्वजनिक बिदा हुन्छ कि हुँदैन ? सरकारले अझै निर्णय गर्न सकेन

 पुष ९, २०७६ बुधबार ९:२८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बिहीबार (भाेलि) खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले सार्वजनिक बिदा हुन्छ कि हुँदैन भन्ने जिज्ञासा बढेको छ । तर सरकारले अहिलेसम्म सार्वजनिक बिदाबारे निर्णय गरेको छैन ।

बिहीबार बिदा हुन्छ त ? भन्ने जिज्ञासामा गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भन्नुभयो, ‘२०७२ सालमा सूर्यग्रहण भएको बेला बिदा दिइएको रहेछ, तर यसपालि अहिलेसम्म यसबारे निर्णय भैसकेको छैन । मन्त्रिपरिषद्ले निर्णय गर्‍याे भने बेलुकासम्म थाहा हुन्छ ।’ 

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहण बिहीबार बिहान ८ बजेर ४२ मिनेटदेखि सुरु भएर ११ बजेर ३१ मिनेटमा सकिनेछ । ग्रहण लाग्नु अघिदेखि नसकिँदासम्म खानपान गर्न हुँदैन भन्ने शास्त्रीय मान्यता छ ।  

ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण सुरु हुनेछ । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ । पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ ।

ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात् बुधबार बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध रहेको गौतमले बताउनुभयो ।

सूर्यग्रहण प्रत्यक्ष आँखाले हेर्न हुँदैन । कुनै भाँडामा पानी राखेर वा सुरक्षित यन्त्रका माध्यमबाट सूर्यग्रहण हेर्न सकिने छ ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • Prem Thapa

    May 12, 2021, 7:41 a.m.

    अहिलेको निषेधाज्ञा कार्यावन्यन गर्न पनि बिदा दिनु उपयुत्त हुन्छ । बिनाकारण फेक आईडि देखायर हिड्ने को एक दिन भए पनि कमि हुन्छ नि ।

  •  0 Reply
  • Nepali

    April 6, 2021, 12:26 p.m.

    सूर्य ग्रहण हेर्नु आँखाको लागि खतरनाक हुन्छ। यसले सौर रेटिनोपेथी भनिने अवस्था निम्त्याउन सक्छ, जुन सौर विकिरणले आँखालाई बिगार्छ। यसले तपाईंको दृष्टिमा स्थायी अन्धा स्थल वा विकृति निम्त्याउन सक्छ। कुल सूर्यग्रहणमा सीधा हेर्दा आँखामा कुनै खतरा छैन। तथापि; आंशिक ग्रहणको सानो भागमा सिधै हेर्नु, कुनै पनि कुण्डलाकार ग्रहण सहित, धेरै खतरनाक हुन्छ र यसले रेटिना बिगार्न सक्छ। सबैलाई यी बारे सजग हुँदैन र सबै सतर्क हुँदैनन्। यदि तपाईं अझै यसलाई बकवास जस्तो सोच्नुहुन्छ र बच्चाहरू, बुढा मानिसहरू र अन्यलाई चोट पुर्‍याउन दिनुहुन्छ भने, त्यसोभए अगाडि बढ्नुहोस्। आशा छ कि तपाई बुझ्नुहुन्छ। अन्यथा, तपाईलाई बधाई छ अर्को दिनको तलबको लागि।

  •  0 Reply
  • Mahesh Dahal

    Dec. 25, 2019, 10:25 a.m.

    काम छैन अनि बिदा चाहियो , ग्रहण लाग्दा के को बिदा चाहिने हो मान्छेहरुलाई / पहिले गलत भएको थियो भन्दैमा फेरि त्यस्तै गर्नुपर्छ भन्ने छ कतै ???????

  •  0 Reply

तपाईको प्रतिक्रिया