कुल गार्हस्थ उत्पादनमा पुनर्निर्माणको साढे चार प्रतिशत योगदान रहेको अध्ययन प्रतिवेदन सार्वजनिक

 पुष ९, २०७६ बुधबार १९:२०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भूकम्पपछिको पुनर्निर्माणले नेपालको कुल गार्हस्थ उत्पादनको वृद्धिदर साढे चार प्रतिशत रहेको एक अध्ययनले देखाएको छ ।

आर्थिक पत्रकार समाज सेजनले सार्वजनिक गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनमा पुनर्निर्माणका क्रियाकलापले कुल गार्हस्थ उत्पादनको वृद्धिदर औषतमा ४ दशमलव ५ प्रतिशत विन्दुमा रहेको देखाएको हो ।

अध्ययन प्रतिवेदन अनुसार नेपालमा भूकम्पपछिको पुनर्निर्माणका गतिविधिबाट आर्थिक वृद्धिमा सकारात्मक योगदान रहेको उल्लेख छ । आर्थिक वर्ष २०७२-७३ मा नेपालको आर्थिक वृद्धिदर ऐतिहासिक शून्य दशमलव २० प्रतिशत थियो । त्यस्तै घर पुनर्निर्माणमा मात्रै नेपालमा साढे २५ करोड कार्यदिन रोजगारी सिर्जना भएको अध्ययनको दावी छ ।

प्रतिवेदनमा आर्थिक वर्ष २०७६-७७ मा १४ लाख २० हजार मानिसले रोजगारी पाएको उल्लेख छ ।

अहिले पनि साढे ५ लाख जनशक्तिले घर पुनर्निर्माणको काम गरिरहेका छन् । यसले १० करोड कार्यदिन बराबरको रोजगारी सिर्जना भएको भनिएको छ । कुल जनसंख्याको १४ प्रतिशत र कूल पुरुष जनसंख्याको २० प्रतिशत जनशक्ति अहिले पनि पुर्ननिर्माणको क्षेत्रमा कार्यरत रहेका छन् ।

प्रतिवेदन अनुसार भूकम्पले क्षति पुर्‍याएका ६१ प्रतिशत नीजि घरहरुको पुनर्निर्माण सम्पन्न भएको छ । सरकारी भवन र विद्यालयतर्फ ७० प्रतिशत काम सकिएको छ ।

प्रतिवेदनले स्वास्थ्य संस्था, सुरक्षा निकाय भवनहरु र सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणमा पनि ध्यान दिन सुझाव दिएको छ । प्रतिवेदन सार्वजनिक कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अहिले पुनर्निर्माणको काममा खटिएका जनशक्तिलाई पुनर्निर्माणको काम सकिएपछि कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती थपिएको बताउनुभयो ।

अध्ययन प्रतिवेदनले भूकम्पपछिको पुनर्निर्माणबाट नेपालमा आर्थिक वृद्धि, रोजगारीको सिर्जना तथा पूर्वाधार र वित्तीय समावेशीतामा भएको उपलब्धिलाई प्रस्तुत गरेको अध्ययनकर्ता डाक्टर निर्मलकुमार राउतले बताउनुभयो ।

प्रतिवेदनमाथि प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत डाक्टर गोविन्दराज पोखरेल र राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डाक्टर गोविन्द नेपालले टिप्पणी गर्दै पुनर्निर्माणमा जोडिएका अरु क्षेत्रलाई समेत समेट्नुपर्नेमा जोड दिनुभयो ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया