लमजुङमा माटाेकाे ढिस्काेले पुरेर घाइते भएकामध्ये एक जनाकाे ज्यान गयाे

 पुस ९, २०७६ बुधबार २०:१:५० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - लमजुङको सुन्दरबजार नगरपालिका–६ मा माटोको ढिस्कोले पुरिँदा घाइते भएका ६ जनामध्ये एक जनाकाे ज्यान गएकाे छ।

ज्यान गुमाउनेमा घाइते कामदार चितवनका २५ वर्षीय संगम चेपाङ रहेकाे प्रहरीले जनाएकाे छ। अन्य पाँच जना घाइतेमध्ये एक जनाकाे चितवनमा तथा चार जनाकाे कर्मदा अस्पतालमा उपचार भइरहेकाे इलाका प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

सुन्दरबजारमा रहेकाे एउटा घरको पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को खस्दा कामदार चितवनका ५२ वर्षका बलबहादुर तामाङ, १८ वर्षका विष्णु चेपाङ, ४० वर्षका दीपक चेपाङ, ३५ वर्षका सुरेश चेपाङ र सल्यानका ६० वर्षका छविलाल राना र चितवनका २५ वर्षीय संगम चेपाङ घाइते भएका थिए । 

अन्तिम अपडेट: चैत १६, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया