घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – बिहीबार बिहान खण्डग्रास अर्थात् आधा ढाक्ने सूर्यग्रहण लाग्दैछ ।
ग्रहणले नेपालमा बिहान ८ बजेर ४२ मिनेटमा स्पर्श गर्ने, १० बजेर १ मिनेटमा मध्य हुने र ११ बजेर ३१ मिनेटमा समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तर नेपालभित्रै पनि ठाउँअनुसार ग्रहणको स्पर्श र समापनको समयमा केही फरक पर्नेछ ।
सुदूरपश्चिमको कञ्चनपुरबाट बिहान ८ बजेर ३८ मिनेटमा सुरु भइ ११ बजेर १९ मिनेटमा ग्रहण समापन हुनेछ भने काठमाण्डौमा बिहान ८ बजेर ४३ मिनेटदेखि सुरु हुने ग्रहण बिहान ११ बजेर ३३ मिनेटमा समापन हुनेछ ।
यस्तै झापाको भद्रपुरबाट बिहान ८ बजेर ४८ मिनेटबाट देखिन थाल्ने सूर्यग्रहण बिहान ११ बजेर २७ मिनेटसम्म देखिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालयले जनाएको छ ।
ग्रहणको समयमा नेपालबाट बिहान १० बजेतिर सूर्यको झण्डै ४० प्रतिशतसम्म सूर्यको भाग ढाकिएको देख्न सकिने नेपाल एस्ट्राेनाेमिकल सोसाइटीले जनाएको छ । बिहीबारकाे सूर्यग्रहणको नेपालबाट खण्डग्रास मात्र देखिने नेपाल एस्ट्राेनाेमिकल सोसाइटीले जनाएको छ ।
सोसाइटीले प्रेस विज्ञप्ति निकालेर नेपालबाट वलय सूर्यग्रहण नदेखिने भएकाले 'रिङ्ग अफ् फायर' नेपालको कुनै पनि भूभागबाट देख्न नसकिने जानकारी दिएको हो ।
नेपालको पूर्वी भागबाट सन् १९६५ नोभेम्बर २३ तारिखमा बिहान देखिएको 'रिङ्ग अफ् फायर' नेपालले अब सन् २०६४ फेब्रुअरी १७ तारिखमा मात्र देख्न सक्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।
चन्द्रमाको छायाँको ब्यास सूर्यको भन्दा सानो हुने भएकाले आजको ग्रहणका बेला सूर्यको बीच भाग चन्द्रमाको छायाँले ढाकेपछि वरिपरिबाट सूर्यको प्रकाश देख्न सकिने खगोलशास्त्रीहरुले जानकारी दिएका छन् । कुनै भाँडामा पानी राखेर वा सुरक्षित यन्त्रका माध्यमबाट सूर्यग्रहण हेर्न सकिने तर सोझो आँखाले वा चस्मा लगाएर सूर्यग्रहण नहेर्न नेपाल पञ्चाङ्ग निर्णायक समितिले आग्रह गरेको छ ।
ग्रहणका बेला खाना खान, सुत्न नहुने तथा राशि विशेषका आधारमा हेर्न हुने र नहुने हिन्दु धर्मशास्त्रको मान्यता रहे पनि खगोलशास्त्रीहरुले भने यो एक खगोलीय अवस्था मात्र भएको बताउने गरेका छन् । वैज्ञानिक मान्यताअनुसार सुरक्षित तरिकाले सूर्यग्रहण हेर्दा कुनै हानी नहुने नेपाल एस्ट्राेनाेमिकल सोसाइटीका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
यसैबीच आज सार्वजनिक बिदा नभएको गृह मन्त्रालयले जनाएको छ । यसअघिका वर्षहरुमा सूर्यग्रहणको दिन सार्वजनिक बिदा हुने गरे पनि यसपटक सरकारले बिदाबारे निर्णय गरेको छैन । केही विद्यालयमा भने आज बिदा दिइएको छ ।
याे पनि पढ्नुस्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
madhav
Dec. 26, 2019, 10:53 a.m.सरकार लाई बधाई सुर्य ग्रहणको बिदा नदिएकोमा। अन्धबिश्वास र रूढिबादी नहटेसम्म नेपाल बिकास हुन्दैन