समायोजनकाे माग पूरा नभए आन्दोलनमा जाने स्वास्थ्यकर्मीको चेतावनी

 पुष ११, २०७६ शुक्रबार १६:५६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – नेपाल स्वास्थ्यकर्मी सङ्घले स्वास्थ्य क्षेत्रको विनियोजित रकम स्वास्थ्य सेवामै खर्च गर्नुपर्ने माग गरेका छन् ।

शुक्रबार नेपाल स्वास्थ्यकर्मी संघ धनुषाले पत्रकार सम्मेलनकाे आयोजना गरी गएकाे वर्षमा प्रदेश २ सरकारले स्वास्थ्य क्षेत्रको झण्डै ५६ करोड रुपैयाँ भौतिक निर्माण सेवामा खर्च गरेको र त्यसकारण पालिकाहरुमा आवश्यक खोप र औषधि खरिद गर्न र विभिन्न कार्यक्रम सञ्चालन गर्न नसकेकाे गुनासो गरे ।

पत्रकार सम्मेलनमा उनीहरुले समायोजन भएका कर्मचारीहरुलाई ऐनअनुसार समायोजन गर्नुपर्ने लगायतका विभिन्न १७ बुँदे माग अघि सारेका छन् । उनीहरुले पालिका र विभागले राजनीतिक आस्थाको आधारमा भइरहेको समायोजन र पदस्थापनसमेत बन्द गर्नुपर्ने बताएका छन् । 

संघले विगतमा पाएको तहमा घटुवा नगरी स्वास्थ्य ऐन र नियामवलीअनुसार समायोजन गर्नुपर्ने, पालिकाहरुले समायाेजित कर्मचारीहरुलाई मापदण्ड बनाएर पदस्थापन गर्नुपर्ने, समायोजन भएर आएका कर्मचारीहरुलाई कुनै मानसिक तनाव नदिइ पदस्थापना गर्नुपर्ने लगायतका माग अघि सारेका हुन् ।

त्यसैगरी स्वीकृत दरबन्दीअनुसार समायोजन गर्नुपर्ने, त्रुटिपुर्ण समायोजनको संशोधन गरी रमाना पत्र दिनुपर्ने, अस्थायी, ज्यालादारी, करार, बाह्य स्राेतमा कार्यरत कर्मचारीहरुको समाजिक सुरक्षा कोषको रकम राज्यले व्यवस्था गर्नुपर्ने, २०५७ सालअघि नियुक्त भएका प्राविधिकहरुलाई अदालतको फैसलाअनुसार ग्रेड दिनुपर्ने र जोखिम भत्ता उपलब्ध गराउनुपर्ने लगायतका माग उनीहरुकाे छ । 

पत्रकार सम्मेलनमा उपस्थित संघका केन्द्रीय अध्यक्ष रामजी घिमिरेले सरकारले समायोजन गरेका कर्मचारीहरुलाई पालिकाहरुले हाजिर हुन नदिने र राजनीतिक आस्थाका आधारमा समायोजन गर्नुपर्ने प्रवृति बन्द नगरिए आन्दोलनमा उत्रने चेतावनी दिनुभयाे ।

उहाँले भन्नुभयाे, 'पहिलो चरणमा हामी विभिन्न सरोकारवाला निकायसम्म समन्वय गर्ने, त्यसपछि स्वास्थ्य क्षेत्रमा असर नपर्नेगरी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्नेछु । यति गर्दा पनि सरकारले हाम्रो मागप्रति कुनै चासो नदिए काम बन्द गरेर खुलारुपमै आन्दोलनमा जानेछाैँ ।'

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया