नवलपरासीका उखु किसानकाे आन्दोलन स्थगित

 पुष ११, २०७६ शुक्रबार १२:२०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी - उखु बेचेको रकम पाउनुपर्ने भन्दै आन्दोलन थालेका पश्चिम नवलपरासीका किसानले आन्दोलन स्थगित गरेका छन् ।

किसान र उद्योगीबीच सहमति भएसँगै आन्दोलन स्थगित गरेको उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनुभयो ।

पश्चिम नवलपरासीमा तीनवटा उखु उद्योगले दिन बाँकी भएको झण्डै ४० करोड रुपैयाँमध्ये हरेक महिना ५ करोडका दरले किसानलाई भुक्तानी दिने सहमति गरेकाले आन्दोलन स्थगित गरेको उहाँले बताउनुभयो । पश्चिम नवलपरासीमा रहेका लुम्बिनी चिनी उद्योग, बाग्मती चिनी उद्योग र इन्दिरा सुगर मिलले अब २५ गतेदेखि मिल सञ्चालन गर्ने भएका छन् ।

अहिले सहमति गरेर भुक्तानी नदिए थप आन्दोलनका कार्यक्रम गर्ने अध्यक्ष यादवले बताउनुभयो । पश्चिम नवलपरासीमा वर्षको १८ देखि २० लाख क्विन्टल उखु उत्पादन हुन्छ भने झण्डै १० हजार परिवार उखु खेतीमा संलग्न छन् ।

तर चिनी मिलले उखु किनेको रकम समयमै नदिँदा किसान बर्सेनि आन्दोलन गर्न बाध्य हुनुपरेको किसानको गुनासो छ ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया