भारतीय प्रधानमन्त्री मोदीविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव खारेज, मोदी विश्वकै उत्कृष्ट एक्टर : विपक्ष

 साउन ५, २०७५ शनिबार ५:४७:२० | एजेन्सी
unn.prixa.net

भारतीय लोकसभामा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विपक्षीले ल्याएको अविश्वास प्रस्ताव खारेज भएको छ ।

सन् २०१४ मा सत्ता सम्हालेपछि भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको सरकारविरुद्ध ल्याएइएको अविश्वास प्रस्तावको पक्षमा १२६ सांसदको समर्थन रह्यो भने विपक्षमा ३२५ सांसदको समर्थन । ध्वनी मतले फैसला नभएपछि संसदमा मतदान भएको थियो । 

मतदान हुनुभन्दा पहिले प्रधानमन्त्रीले सदनमा आफ्नो प्रस्तावमाथि चर्चा गर्दै विपक्षीको कडा आलोचना गरेका थिए । उनले विपक्षीसँग कुनै मुद्धा नभएपछि मोदी हटाउमा मुद्धामा लागेको बताए । उनले भाषण गरिरहँदा तेलूगु देशम पार्टी(टीडीपी) तथा अन्य विपक्षी दलका सांसदले नाराबाजी गरिरहेका थिए ।  

प्रधानमन्त्री मोदीको भाषण सकिनेबित्तिकै टीडीपीका सांसद श्रीनिवास केसिनेनीले मोदीप्रति व्यंग्य गर्दै भने, मलाई यस्तो लाग्यो डेढ घण्टादेखि म कुनै ब्लकबस्टर चलचित्र हेरिरहेको थिएँ । यसका कुनै शंका छैन  कि संसदमा उपस्थित मेरा साथी विश्वकै उत्कृष्ट अभिनेता हुनुहुन्छ । 

वर्तमान लोकसभामा जम्मा ५४३ सिट रहेको छ । त्यसमध्ये ९ सिट अहिले रिक्त छ । तसर्थ अहिले लोकसभामा कायम रहेको सांसदको संख्या ५३४ रहेको छ । यस हिसाबले सरकार बनाउन चाहिने साधारण बहुमत २६८ हुन्छ ।

अहिलेको अवस्थामा भारतीय जनता पार्टी लोकसभामा सबैभन्दा ठूलो दल हो । भारतीय जनता पार्टीसँग मात्रै २७२+१ (लोकसभा अध्यक्ष) सांसद छन् । बीजेपी नेतृत्वको सरकारलाई समर्थन गर्ने अन्य दलहरुमा शिवसेना(१८), लोक जनशक्ति पार्टी(६), अकाली दल(४) आरएलएसपी(३), जेडीयू(२), अपना दल(३), एनआर कांग्रेस(१), पीएमके(१) तथा एनपीपी(१) रहेका छन् ।

शुक्रबार भने भारतीय लाेकसभामा ४५१ जना सांसद मात्रै उपस्थित भएका थिए । संसदमा १९ सिट रहेकाे बीजू जनता दल र १८ सिट रहेकाे शिवसेना भने मतदान प्रकियामा नै सहभागी भएनन् । तर ३७ सिट रहेकाे अन्नाद्रमुक दलले अविश्वास प्रस्तावकाे विपक्षमा मत दियाे । 

याे पनि पढ्नुहाेस् 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, के ढल्छ त सरकार ?

 


 
 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया