घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ - सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा क्षतिपूर्तिमा लाभकर छुट दिने भएको छ ।
उर्जा, जलस्रोत तथा सिंँचाईमन्त्री वर्षमान पुनले आयोजना प्रभावित घरपरिवारले प्राप्त गर्ने मुआब्जाको लाभकर छुट दिने बताउनुभएको हो । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार बसेको बैठकमा उहाँले लाभकर छुटको लागि अर्थमन्त्रालयको स्वीकृति लिन पठाइसकेको बताउनुभयो ।
अर्थमन्त्रालयको स्वीकृतिपछि यसलाई मन्त्रिपरिषदमा पेश गरिने तयारी गरिएको उहाँले बताउनुभएको छ । मन्त्रिपरिषद्बाट स्वीकृति पाएपछि यसअघि मुआब्जा पाइसकेका आयोजना प्रभावितले तिरेको लाभकरसमेत सरकारले फिर्ता गर्ने छ ।
सरकारले पछिल्लो समय बढ्दै गएको मुआब्जा विवादको अन्त्यका लागि पुर्नवासको समेत व्यवस्था गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
मन्त्री पुनले बजार क्षेत्रमा २ आनाभन्दा कम जग्गामा घर भएकाहरुको लागि अर्को शहरमा कम्तिमा पनि ४ आना जग्गा उपलब्ध गराउने गरी मुआब्जा दिने तयारी गरिएकाे साथै याे विषयलाइ छलफलका लागि मन्त्रिपरिषदमा पठाउन लागिएकाे उहाँले जानकारी दिनुभयाे ।
उहाँले गोरखाको आरुघाट र धादिङको खहरे बजार क्षेत्रमा जग्गाको वर्गीकरण नमिलेको स्वीकार गर्दै त्यसलाई फेरि मिलाउन सकिने बताउनुभयो । बैठकमा सांसद सुरेन्द्रराज पाण्डेले आयोजना सम्पन्न गर्नका लागि नागरिकसँगको सहकार्यले मात्रै सफल भइने भन्दै वर्गीकरण र मूल्यमा समेत पुर्नविचार गर्नुपर्ने विचार व्यक्त गर्नुभयाे ।
आयोजनाबाट धादिङ र गोरखा जिल्लामा गरी जम्मा १३ हजार ६ सय ६२ घरपरिवारको ४५ लाख २ सय ४ रोपनी जमिनको मुआब्जा सरकारले दिनुपर्ने छ । त्यति जग्गाकाे जम्मा मुआब्जा अहिलेसम्म बाँडिएकाे रकमसहित गरी २७ अर्ब १८ करोड ६२ लाख ५१ रुपैयाँ हुन आउँछ ।
गोरखाको आरुघाट, धादिङकाे खहरेलगायतका बासिन्दाले मुआब्जा निर्धारण नमिलेको भन्दै विरोध गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।