एनसेल मेला शनिबार बुटवलमा

 पुष ११, २०७६ शुक्रबार १८:३०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

बुटवल - एनसेलले शनिबार बुटवलमा ‘एनसेल मेला २०७६’ आयोजना गर्ने भएको छ । एनसेलले आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै‌सँगै’अनुरुप नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्‍याउने उदेश्यसहित मेला आयोजना गर्न लागेको हो ।

११ बजेबाट सुरु भएर कन्सर्टसहित साँझ ६ बजेसम्म चल्नेछ मेलामा निशुःल्क प्रवेश गर्न पाइने छ भने मेलामा चर्चित कलाकार तथा सांगीतिक समू्हहरुको प्रस्तुति रहने कम्पनीले जनाएकाे छ ।

गायकहरु दिपक बज्राचार्य र रिदम ब्याण्ड, आशिष राना ‘लाउरे’, काली प्रसाद बास्कोटा, मेलिना राई, टीका प्रसाँई र कलाकार प्रियंका कार्कीले मेलामा प्रस्तुति दिनेछन् । 

मेलामा बालबालिकका तथा युवाहरुका लागि पेनाल्टी किक, ब्यालेन्स द ह्याङ्गर, नि ट्रेम्बलर, स्नुकर प्रो  पेन्टिङ, प्लेडो, लेगो, प्रिगो, होभर बोर्ड, मिनी गो कार्ट, पोगो स्टिक लगायतका विभिन्न रमाइला खेलहरु राखिने छन् । साथै

एनसेलका विभिन्न सेवा तथा सुविधाहरुमा आकर्षक अफर र उपहारहरु मेलामा समावेश गरिने छन् । दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाइ फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा परिमार्जन गर्न सक्नेछन् । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया