घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले आफैँले बनाएको ऐन नियमको अक्षरश: पालना गराउने सन्दर्भमा सरकार दृढताका साथ अघि बढ्न नसकेको बताउनुभएकाे छ ।
शुक्रबार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा नेता नेपालले शक्तिशाली भएर पनि सार्वजनिक जग्गा मिच्ने, हडप्ने प्रवृत्तिको अन्त्य गर्ने सवालमा सरकार दृढताका साथ अघि बढ्न नसकेको बताउनुभएको हो । बदमासी र कानुन उल्लंघन गर्नेविरुद्ध राज्य दृष्ढताका साथ अघि बढेमा नागरिकको पनि साथ पाउने भन्दै उहाँले सार्वजनिक जग्गा, वन लगायतको अतिक्रमण अन्त्य गरिनुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘विभिन्न ठाउँमा गुठीको नाममा होस्, बालुवाटारको नाममा होस्, नेपाल ट्रष्टको नाममा होस्, जुनसुकै ठाउँमा पनि राज्यलाई नोक्सान पुग्ने र बदमासी कसैले गरेको छ भने त्यसलाई दण्डित गर्नका लागि राज्य दृढताका साथ अघि बढ्नुपर्छ । राज्य दृढताका साथ अघि बढे नागरिकको साथ पाउनेछ ।’
शक्तिशाली सरकार भएकाले वन माफियाहरुसँग मिलेमतो गर्नेलाई सजायँ दिलाउन अनुकूल वातावरण रहेको भन्दै उहाँले दीर्घकालिन सोचसहित अघि बढ्न सरकारलाई सुझाव दिनुभयो ।
कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले विकास र वातावरणबीचको अन्तरविरोधको समाधान निकाल्ने बाटोमा सरकार रहेको बताउनुभयो ।
कार्यक्रममा सरोकारवालाहरुले विकास निर्माणको वहानामा वातावरणलाई नै प्रभावित पार्ने गरी वन विनास गर्ने क्रम रोकिनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।