महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने आईएमई ग्रुपका अध्यक्ष ढकालको घोषणा

 पुष ११, २०७६ शुक्रबार १८:५०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । 

बागलुङ्मा शुक्रबारदेखि सुरु भएको बागलुङ महोत्सवमा ढकालले महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘बाग्लुङ उद्योग वाणिज्यसंघका साथीहरुले महासंघको नेतृत्वमा आउन गर्नुभएको प्रस्ताव मलाई स्वीकार्य छ, उहाँहरुलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’  

जिल्लाका उद्योग वाणिज्य संघ तथा स्थानीय उद्यमी साथीहरुले आफूलाई महासंघको नेतृत्वमा आउन विशेष आग्रह गर्नुभएको स्मरण गर्दै उहाँले आफ्नो गृह जिल्लाका व्यवसायी साथीहरुलेसमेत प्रस्ताव गरेकाले साथिहरुको प्रस्ताव आफूलाई स्वीकार्य रहेको बताउनुभयो । 

उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘तपाईँहरुको मनोबल सधैँ उँचो बनाउने काममा लाग्नेछु र तपाईँहरुको सुख दुःखमा साथमा रहने प्रण गर्दछु ।’ 

बागलुङको अमलाचौरमा वि.सं. २०२२ मा जन्मिनुभएका ढकाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापति हुनुहुन्छ । उहाँ महासंघमा यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य भएर काम गरिसक्नुभएको छ ।  

उहाँ आईएमई ग्रुप, ग्लोबल आईएमई बैंक र चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवर्द्धक हुनुहुन्छ ।  

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया