घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै - काठमाण्डौमा शुक्रबारदेखि चिनियाँ चलचित्र महोत्सव सुरु भएको छ । चिनियाँ दूतावासको आयोजनामा काठमाण्डौको कुमारी हलमा सुरु भएको चलचित्र महोत्सव दुई दिनसम्म चल्नेछ ।
महाेत्सवमा ‘द परेड अफ सेभेन्टी एनिभर्सरी अफ द पिपुल रिपब्लिक अफ चाइना’, र ‘द ग्रेटवाल फिल्म’ प्रदर्शनी गरिएको छ । महोत्सवको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले संयुक्त रुपमा गर्नुभएकाे थियाे ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले दुई दिने चिनियाँ चलचित्र महोत्सवबाट नेपाली दर्शक र फिल्म क्षेत्र, साहित्य जगतले धेरै कुरा सिक्न सक्ने बताउनुभयो । उहाँले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन धेरै भन्दा धेरै चिनियाँ पर्यटक नेपाल घुम्न आउने विश्वास आफूले लिएको बताउनुभयो ।
महोत्सव अन्तर्गत काठमाण्डाैमा ११ र १२ गते, पोखरामा पुस २० र लुम्बिनीमा पुस २३ गते चिनियाँ चलचित्र देखाइने छ । पोखराको मिड टाउन ग्यालरीमा र लुम्बिनीमा लुम्बिनी विकास कोषको सभाकक्षामा चिनियाँ चलचित्र देखाइने कार्यक्रम छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।