घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै - नेपाली कांग्रेसले १४ औंँ महाधिवेशनको मिति तोकेको छ ।
पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १४ औंँ महाधिवेशन २०७७ सालको फागुनमा गर्ने निर्णय गरेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाले शुक्रबारको बैठक बहिष्कार गरे पनि सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनको मिति घोषणा गर्नुभएको हो ।
तय गरिएकाे मिति अनुसार महाधिवेशन २०७७ साल फागुन ७ गतेदेखि १० गतेसम्म काठमाण्डौमा हुनेछ । यस्तै बैठकले कांग्रेसका विभागहरुलाई २८ बाट ४१ पुर्याउने निर्णयसमेत गरेको छ ।
यसअघि संस्थापन पक्षले आफूखुसी विभाग गठन लगायत प्रस्ताव ल्याएको र महाधिवेशन पर धकेल्ने प्रयास गरिरहेको भन्दै वरिष्ठ नेता पौडेल पक्षले असुन्तुष्टि जनाउँदै आएको थियो । नेता पौडेल पक्षका नेताहरुले केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिने नलिने विषयमा बिहान छलफल गरेपछि बैठकमा भने सहभागी नभएका हुन् ।
संस्थापन पक्षले महाधिवेशन अघि विभिन्न विभाग गठन तथा भ्रातृ संगठनमा तदर्थ समिति बनाउने तयारी गरेपछि वरिष्ठ नेता पौडेल पक्षले पनि सम्मानजनक हैसियत पाउनुपर्ने माग गर्दै आएको छ ।
यसैबीच शुक्रबारको बैठकले तरुण दलको कार्यकाल चुनावका लागि ६ महिना थप्ने निर्णय गरेको छ । यसअघि जितजंग नेतृत्वको कार्यकाल सकिएपछि अब कसरी अगाडि बढाउने भन्ने अन्योल कायम थियो । बैठकले एमसीसी पारित गर्न सरकारसँग आग्रह गर्ने तथा नेपाल ट्रष्टको सम्पत्ति दुरुपयोग भएकोबारे सरकरको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको नेपाली कांग्रेसले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।