घोडाले हान्दा सल्यानमा एक बालककाे ज्यान गयाे

 पुष १२, २०७६ शनिबार ८:५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

सल्यान - सल्यानकाे वनगाड कुपिण्डे नगरपालिका १ मा घोडाले लात्तिले हिर्काउँदा एक बालकको ज्यान गएको छ । 

वनगाड कुपिण्डे नगरपालिका १ का प्रकाश बुढाका ८ वर्षिय छोरा राजु बुढाकाे ज्यान गएकाे हाे । शुक्रबार बेलुका छिमेकीको गोठमा खेल्दै गरेका राजुलाई घोडाले लात्तीले हान्दा घाईते भएका थिए । 

घाइते बालकलाई सुर्खेतको मेहलकुना लगिएकोमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मृतककाे शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल सल्यानमा लगिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया