रोनाल्डो बेचेको केही दिनपछि रियल मड्रिडले भिनिसस जुनियरलाई भित्र्यायो

 साउन ५, २०७५ शनिबार ६:२४:५२ | एजेन्सी
unn.prixa.net

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बेचेको केही दिनमा नै रियल मड्रिडले ब्राजिलका युवा खेलाडी भिनिसस जुनियरलाई अनुबन्ध गरेको छ ।

रियलले १८ वर्षीय स्ट्राइकर भिनिससलाई ६ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । रियलले भिनिसससंग सन् २०२५ सम्मको लागि सम्झौता गरेको जनाएको छ । भिनिससलाई रियलले ब्राजिलियन क्लब फ्लामेन्गोबाट ३५ मिलियन पाउण्डमा भित्र्याएको हो ।

ब्राजिलको उमेर समूहबाट खेलिसकेका भिनिससले यु–१५, यु–१७ र यु–२० टिमबाट खेलिसकेका छन् । भिनिससले गएको सिजन फ्लामेन्गोबाट ३७ खेल खेल्दै ७ गोल गरेका थिए ।

रियलले उनलाई गएको वर्ष नै क्लबमा अनुबन्ध गरेको बताए पनि उमेर हकबन्दीका कारण उनलाई क्लबमा ल्याइएको थिएन । १८ वर्ष मुनिको खेलाडीलाई कुनै पनि क्लबले अनुबन्ध गरेमा कारबाही हुने भएकाले रियलले उनलाई यो सिजनमा मात्र औपचारिक रुपमा सार्वजनिक गरेको हो ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया