घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै - अकुपाई टुँडिखेल अभियानमा शनिबार प्रहरीले अवरोध गरेको छ ।
अभियान अन्तर्गत शनिबार बिहान खुलामञ्च सिंंगार्ने कार्यक्रम भए पनि प्रहरीले केही बेर अवरोध गरेको अभियन्ताले बताएका छन् । कार्यक्रम सुरु हुँदै गर्दा प्रहरीले बल प्रयोग गर्ने चेतावनी दिएको तर पछि कार्यक्रम सञ्चालन गरेको संयोजक विजय श्रेष्ठले बताउनुभयो ।
सार्वजनिक सम्पत्तिको रुपमा रहेको टुँडिखेललाई जोगाउन भन्दै सुरु भएको अभियानको ८ औँ हप्तामा आज खुलामञ्च सिंंगार्ने काम भएको छ । टुँडिखेलमा पार्किङ, बसपार्क, पसल थाप्ने जस्ता क्रियाकलापले टुँडिखेल खुम्चिएको भन्दै सम्पदाप्रेमीले टुँडिखेल बचाउ अभियान चलाएका हुन् ।
यसअघि कात्तिक २३ गते पहिलो चरणको विरोध स्वरुप मानव साङ्लो बनाइ अकुपाई टुँडिखेल अभियान सुरु गरिएको थियो । यो अभियान अझै एक महिना चल्ने संयोजक श्रेष्ठले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।