घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
संखुवासभा – निर्माणाधीन अरुण तेस्रो आयोजना प्रभावितहरुले शनिबार सहमतिमा पुगेर आन्दोलन स्थगित गरेका छन् ।
लगानी बोर्डले आइतबार काठमाण्डौमा बैठक राखेर समस्या समाधान गर्ने निर्णयगरेपछि आन्दोलन स्थगन गरिएको अरुण तेस्रो प्रवेश मार्ग सरोकार संघर्ष समितिका अध्यक्ष हर्कसी राईले बताउनुभयो।
खाँदबारी–४ को छ्याङकुटी–पुखुवा सडकखण्डको मुआब्जा नपाएको भन्दै बिहीबारबाट उनीहरु आन्दोलनमा उत्रिएका थिए ।
छयाङकुटी–पुखुवा अरुण तेस्रो प्रवेश मार्ग संघर्ष समिति र अरुण तेस्रो सरोकार समितिले संयुक्त रुपमा सडक अवरुद्ध गरेको हो । चिचिला गाउँपालिका–२ को पुखुवामा रहेको अरुण तेस्रोको पावरहाउसमा भारतको पटेल इन्जिनियरिङ्ग कन्सल्टेन्सीले काम गरिरहेको छ ।
२८.५ किलोमिटर सडकखण्डमध्ये २४.५ किलोमिटर सडकखण्डका २ सय घरपरिवारले अझै मुआब्जा पाएका छैनन् । ३० मिटर जग्गा काटेको तर मुआब्जा १५ मिटरको मात्रै दिइएको उनीहरुको गुनासो छ ।
स्थानीय जनताको नैसर्गिक अधिकारका लागि बाध्यतात्मक सडक अवरुद्ध गरिएको अरुण तेस्रो सरोकार समितिका अध्यक्ष नयन्द्र राईले बताउनुभयो । झण्डै तीन महिनाअघि संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा बनेको कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनमा ल्याउनुपर्ने स्थानीयकोे माग छ ।
आर्थिक वर्ष २०४४/४५ मा अरुण तेस्रोको पावरहाउस सम्मपुग्ने त्यो सडकखण्डको जग्गा अधिग्रहण गरिएको थियो । तर, वि.सं २०६६ सालमा जग्गा फेरि नापी गर्दा पहिले नापी गरेकोभन्दा धेरै कट्टा गरेको स्थानीयले बताएका छन् ।
अध्यक्ष राई भन्नुहुन्छ, ‘आयोजना प्रभावित कतिपयले मुआब्जा नलिएको पाइएको छ । बैठक र भाषण भन्दापनि कामबाट नतिजा दिनुपर्छ । बोर्डले मुआब्जा दिन आलटाल गरे हामी फेरि सडक संघर्षमा उत्रन्छौंँ।’
त्यस सडकखण्डका स्थानीयहरुले बजार मूल्य बढेकोभन्दै प्रतिरोपनी १५ लाख रुपैयाँ मुआब्जा दिनुपर्ने माग राखेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।