अक्षयकुमारको ‘गूड न्युज’ विरुद्ध आयो ‘ब्याड न्युज’ : हाइ कोर्टमा उजुरी !

 पुस १२, २०७६ शनिबार २०:२९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेता अक्षकुमार पछिल्लो सुमय आफ्नो फिल्म ‘गूड न्युज’को जोडतोडका साथ प्रचार गरिरहेका छन् ।

शुक्रबारदेखि हलमा प्रदर्शन भइरहेको फिल्ममा अक्षयका साथ करिना कपूर, कियारा आडवाणी र दिलजित दोसाँझजस्ता कलाकारले अभिनय गरेका छन् । तर अक्षकुमार र उनका सहकर्मीका लागि ‘गूड न्युज’बारे नराम्राे खबर आएको छ । यस फिल्मविरुद्ध हालै हाइ कोर्टमा उजुरी परेको छ ।

टाइम्स अफ इण्डियाको रिपोर्ट अनुसार कर्नाटक हाई कोर्टमा ‘यस’ नामको एउटा गैर–सरकारी संस्थाले याे फिल्मविरुद्ध उजुरी गरेको हाे । एनजीओका अनुसार यो इन-भिट्रो-फर्टिलाइजेसन आईभीएफ) टेक्नोलोजी अर्थात् टेष्टट्युब गर्भाधान प्रक्रियामा आधारित फिल्म हो ।

यस प्रविधि अनुसार जोडीको शुक्राणुहरूलाई प्रयोगशालामा राखेर बच्चा पैदा गरिन्छ । फिल्मले आईभीएफको विश्वसनीयताबारे धेरै भ्रम र अनिश्चितता पैदा गरेका कारण रिलिज गर्न नहुने एनजीओको तर्क छ । 

सन्तान नहुने आमाबुवाका लागि यसले भावनात्मक चोट पुर्‍याउने भएका कारण फिल्म रोकिनुपर्ने एनजीओले माग गरेको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया