विश्वभरका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्षकाे लाेगाे फहराइने

 पुष १३, २०७६ आइतबार १०:७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – 'नेपाल भ्रमण वर्ष २०२०' को प्रचार गर्न विश्वका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले डिसेम्बर ३१ तारिखका दिन विश्वका चर्चित १४ शहरका अग्ला भवनमा नेपालको झण्डा फहरिने पक्का भएको जानकारी दिनुभयो । मन्त्री भट्टराईले यसकाे संयोजन गर्ने गैरआवासीय नेपाली सङ्घ (एनआरए) अध्यक्ष कुमार पन्तलाई धन्यवाद पनि दिनुभएको छ ।

यसअघि संविधान दिवसकाे दिन संसारकै अग्लो यूएईको बुर्ज खालिफा टावरमा नेपालको झण्डा फहराइएको थियो । उहाँले अहिले १४ देशका अग्ला टावरको पक्का भएको र बाँकीको लागि पनि तयारी भैरहेको बताउनुभयाे ।

मन्त्री भट्टराईका अनुसार निम्न सहरका अग्ला टावरमा नेपालकाे झण्डा र नेपाल भ्रमण वर्षको लोगो फहाराइनेछ । 

सिड्नी-अस्ट्रेलिया, वेलिङ्टन-न्युजिल्याण्ड, टाेक्याे-जापान, सियाेल-दक्षिण काेरिया, दाेहा-कतार, यूएई-दुबई, हङकङ, म्युनिख-जर्मनी, ब्रसेल-बेल्जियम, बेलायत-लण्डन, न्यु-याेर्क अमेरिका, डब्लिन-इरेल्याण्ड, टाेरन्टाे-क्यानडा र शिकागाे-अमेरिका ।

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया